Breaking

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुगाको औषधि खुवाइँदै


काठमाडौं । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुगाको औषधि खुवाउदै छ ।

६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गतको पोषण शाखाले जनाएको छ ।

यसपटक २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य छ। सरकारले हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ ।