Breaking

इजरायली आक्रमणमा हमासका प्रमुख सिनवार मारिएको पुष्टि


हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ ।

इजरायलले फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि गरेको हो । इजरायल डिफेन्स फोर्सले विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि मारिएको जनाएको छ ।

इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या तथा अपहरणको लागिसिनवार जिम्मेवार रहेको इजरायलले दाबी गरेको छ । गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार सिनवारभएको इजरायली आरोप छ।

सिनवारले पछिल्लो दशकयता हमासको शीर्षस्थ नेतृत्वमा रहेर काम गर्दै आएका थिए । इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि सिनवार हमासको प्रमुख नेताकोरुपमा चयन भएका थिए ।

यसैबीच, हमासका प्रमुख सिनवारको मृत्युपछि अमेरिकाले इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ । अमेरिकाले युद्धविराम गरेर नयाँ राजनीतिक सम्बन्ध सुरुवातको अवसर आएको समेत बताएको छ ।