Breaking

साफ महिला च्याम्पियनसिपः भारतको विजयी सुरुवात


काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुआत गरेको छ ।


त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोलले पराजित गर्दै भारतले विजयी सुरुआत गरेको हो । खेलको पहिलो हाफमा भारतले ४–१ को अग्रता लिएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट १ – १ गोल हुँदा भारत ५–२ विजयी भयो ।

प्रतियोगितामा भोलि शुक्रबार पहिलो खेल मालदिभ्स र श्रीलङ्काबीच हुनेछ । यो खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल आयोजक नेपाल र भुटानबीच साँझ साढे ५ बजे सुरु हुनेछ ।