राजनीति

धरापमा ओली सत्ता, कांग्रेसले नै खोज्दैछ विकल्प, माधवको पार्टी फुटाएर टिकाउने ओली दाउ


काठमाडौँ— सरकारले दसैंै मनाओस् भन्ने चर्चा विस्तारै फेरि चर्चामा आउन थालेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकारले मधुमास पूरा गर्दासमेत आशातित संकेतसमेत नगरे पछि यो विषय पेचिलो बन्न थालेको हो । जसमा स्वयम् सत्तासहचारी दलकै नेताहरु देखिँदा ओलीको सकस कस्ता हुन् र व्यवस्थापनको तयारी कस्तो छ ?

आमनागरिकमा आशा जगाउने, राजनीतिक स्थायित्व र संविधान संशोधनको मुख्य एजेण्डासहित बनेकोे काम गर्न नसकेपछि सरकारमाथि प्रश्न बढेको छ । जसले यो सरकारलाई दसैंैँ मनाउन दिने यसअघिका पूर्वानुमानहरु फेरि चर्चामा आउँदा सत्तारुढ दलहरुले नै सरकारविरुद्ध देखिन थालिसकेका छन् । यसमासरकारलाई परीक्षण गर्ने सबैभन्दा ठूलो अस्त्र दसैंै अगाडिको विपद बन्यो । अर्थात चाडबाडका बेला बजार सक्रिय हुनुपर्नेमा बाढीपहिरोले दसैंअघिको स्थिति अपेक्षाकृत उत्साही रहेन। संविधान संशोधनलाई मुख्य एजेन्डा बनाउँदै सत्ता साझेदारी गरेका प्रमुख दुई दल कांग्रेस–एमालेले आम अपेक्षालाई संबोधन गर्नुपर्ने दबाबपूर्ण अवस्था छ। त्यसैगरी दैनिक कार्यसञ्चालनदेखि आर्थिक विकासका निम्ति सिंगै मुलुकलाई उत्प्रेरित गर्नुपर्ने दबाबपूर्ण स्थितिमा पनि प्रधानमन्त्री ओलीको सरकार रहेको छ। जसमा मुख्य एजेण्डा संविधान संशोधनको विषयमा तत्काल काम शुरु नभए आफ्नो पार्टीले सरकार छाड्नु पर्ने कतिपय कांग्रेस नेताहरुले बताउन थालिसकेका छन् । जहाँ असली खेल संविधान संशोधनको सुरुवातबाटै हुने अर्को विश्लेषणकाबीच सरकारको दुई तिहाइको वास्तविकता त उपसभामुख इन्दिरा रानामगर प्रकरणमै देखिसकेको छ । यता पहिलेबाटै कांग्रेस एमाले समीकरणको पक्षमा रहेकाकांग्रेस नेता डा.शेखर कोइराला नै सरकारको विरोधमा देखिन थालेका छन् ।

उनी पनि संविधान संशोधनको विषय अघि नबढेको तथा समृद्धिको यात्रामा देशलाई लैजाने कुरामा प्रगति नभएकोमा रुष्ट देखिन्छन् ।यसबाहेक सरकार चलाउनका लागि मात्र कांग्रेस–एमालेको सरकार नबनेको बताउँदै आएका कोइरालासरकार निरंकुश हुने डरमा छन् भने एमालेकै कारण बद्मान भने कांग्रेसले भोगिरहेको बुझाइमा देखिन्छन् । यसले मुख्य प्रतिस्पर्धीभन्दा फरक पनि देखिनु पर्ने अनि सरकारमा गएको औचित्य पनि पुष्टि गर्नुपर्ने दोहोरो मारमा कांग्रेस देखिँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त आफूले पूर्वानुमान गरेको दिशा मै सरकार गएको निष्कर्षमै पुगिसकेका छन् । त्यस्तै जनप्रिय व्यक्तिहरुमाथि प्रधानमन्त्री ओलीको प्रहार,विवास्पद व्यक्तिसँग दान लिने एमालको बाटो लगायतका कामलेसमेत सहकार्य गर्नेहरुमाथि पनि प्रश्न उठ्न थालेको छ । जसको घुमारो मारमा वर्तमान सरकार पर्दा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भने सरकार सही ट्रयाकमै रहेको तर्क गर्छन् ।

२३ मिनेट
हुन त स्वयम् ओलीसमेत यो सरकार पुरै चल्नेमा विश्वस्त देखिँदैनन् । फलतः कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमै सत्ता सुम्पिने बारम्बार बताउँदै आएका उनी काउन्टरकोतयारीमा समेत छन् । त्यसका लागि भूराजनीतिकदेखि आन्तरिक समाधानको तयारीमा रहेका उनी देउवाको प्रधानमन्त्रीमा ज्योतिषीको पूर्वानुमान पु¥याउने लिप्सामा आशा देखिररहेका छन् । त्यस्तै साना दल फुटाउने र फुटेकालाई वैधानिकता दिनेसम्मका काममा प्रधानमन्त्री ओली सक्रिय छन् । फलतः ओलीले अहिले चाहेको राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा रहँदा यसले नेकपा एकीकृत समाजवादी सिकार बन्ने चर्चा छ । यसबाहेक जसपा नेपालबाट विभाजित अशोक राई नेतृत्वको जसपाका लागि समेत यसले वैधानिकता प्रदान गर्दा अन्य तीनवटा साना पार्टीलाई पनि तार्गेट गरेर अध्यादेश ल्याउन खोजिएको दाबी छ । जसले एमाले पहिलो पार्टी बन्ने र अब बन्ने सरकारको संवैधानिक लाभसमेत उसले पाउने बाटो खुल्ने डरकै कारण कांग्रेस भने यसमा सहमत देखिएको छैन । यद्यपि यसले ओलीको तयारीलाई प्रष्ट पार्दा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे पनि सरकारको नियत सही नदेखिएको तर्क गर्छन् ।

२७ मिनेट
अंक गणितीय हिसाबले हेर्दा यो सरकार हलचल हुन कांग्रेसले छोड्नुबाहेक अरु आधार छैनन् । त्यसमा पनि देउवाले चाहेसम्म कांग्रेसले अप्रत्याशीत कदम चाल्ने अवस्थामा समेत देखिँदैन । तर बद्मान मात्रै हुनुपर्ने किन भन्ने उनीहरुको प्रश्न बलियो देखिँदाप्रचण्डको दौडधुप अर्थपूर्ण देखिन्छ भने सरकार तलमाथि हुने संकेत मिले अध्यादेशकै डरले साना दल तर्सिने अवस्थासमेत देखिँदैन । जुन ओलीका लागि खतरापूर्ण देखिँदाउनले चालेका अस्त्रहरु र स्वार्थहरुको जोडघटाउमा दुई तिहाइको सरकारसमेत सहज तरिकाले चल्न सकिरहेको छैन । जसलाई अस्थिर अंकगणितको स्वभाविक बाछिटाको रुपमा व्याख्या गर्ने वा यो नै अन्तिम विकल्प भएको डरमै कायम राख्ने जस्ता रणनीतिले सधैँ रोक्न सक्ने सम्भावना देखिँदैन ।