देश

बद्नाम १० अनुहार, जो राजनीतिका भरमा जोगिए, धनराज र ऋषिकेशदेखि अरु कोको छन् ?


काठमाडौँ— नेपालको कानुन दैवले जानुन भन्ने पुरानो नेपाली उखान हालको अवस्थामा चरितार्थ भएको देखिन्छ । सामान्य नागरिक भने साना तिना गल्तीमा पनि कानुनी दायरामा पर्ने तर ठूला नेताहरुले उन्मुक्ति पाउने घटनाले नागरिकमा न्याए प्रतिका आश गुम्दै गएको देखिन्छ । जबकानुनको दायरामा आउनु पर्ने मान्छेले पहुचका भरमा उन्मुक्ति पाउँछ तब नेपालमाभगवान दाहिने भए कस्को के लाग्छ र? भन्ने गरिन्छ ।हो यस्तैविवादमा मुछिएर विषम संकटमाबाट जोगिएका चर्चित १० व्यक्ति र उनीहरुको काण्डलाई देखाउँदै छौ ।

नम्वर–१ इन्दीरा राना मगर–उप सभामुख

नेपाल बाल संठनमा रहेका बन्दीका ५ बालबालिका कानूनमै नटेकि आफ्नो संस्थामा लिएको र उनीहरुको हालको अवस्था शंकास्पद भएको भन्दै बालबालिका तस्करीदेखिपछिल्लो क्रममा अमेरिकी भिसाको लागि पाँच जनालाई अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै १४ फागुन (२६ फेब्रुअरी) मा आफ्नो लेटरहेड दुरुपयोग गरी दूतावासलाई लेखेको पत्र बाहिरीए पछि उनलाई वर्तमान सरकारले महाअभियोग लगाएर पद मुक्त गर्न अन्तिम तयारी थालेको थियो । तर अहिले इन्दिाराको खड्गो टरेको छ। राजनीतिक सौदाबाजीमा सबै तैचुप मै चुप भएकाछन् ।

नम्वर २ कुलमान घिसिङ, कार्यकारी निर्देशक नेपाल विद्युत प्राधिकरण

असार १७ मा रातारात नयाँ सत्ता समिकरण बने पछि विद्युत प्रधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङको दिनगन्ती सुरु भएको अर्थमा हेरिएको थियो ।विद्युत बक्यौताको बहानमाव्यापारी तर्साएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई बर्खास्त गर्ने अन्तिम तयारी थालेका थिए तर कुलमानको लोकप्रियता र प्रचण्डको साथले हाललाई ओली मथ्थर बन्दा कुलमानको पद जोगिएको छ।

नम्वर ३ पृथ्वीसुव्वा गुरुङ मन्त्री, सञ्चार तथा सूचना प्रविधि

नेपाल सरकारको प्रवक्ता जस्तो गरिमामय पदमा आसिन व्यक्तिले नेपाल प्रहरीका आइजीपीको
जिब्रो थुत्ने सम्मको तल्लो स्तरको अभिव्यक्ति दिदा पनि उनको पद जोगिएको छ । सार्वजनिक रुपमा यस्तो अराजग र विवादास्पद अभिव्यक्ति दिने गुरुङले यस विषयमा माफि माग्नुको त परको कुरा गल्ती समेत स्विकारेका छैनन । पछिल्लो क्रममा योहो टेलिभिजनको चर्चित कार्यक्रम सत्य सम्वादमा उनले संविधान मान्दैनौ भन्नेको जिब्रो थुत्ने अभिव्यक्ति दोहो¥याएका छन् ।

नम्वर–४ रमेश लेखक, गृहमन्त्री

हालका नेपाल सरकारका गृहमन्त्री रहेका रमेश लेखक पनि प्रतिपक्षमा हुदा टुक्का मिलाएर भाका हालेर संसदमा तिखो आलोचना र खवरदारी गर्ने एक आशा गरेका नेता थिए । तर उनले जव शक्तिशालि मन्त्रालए गृह समाले अहिले उनी कुम्भ कर्ण जस्तो छ महिनाको चिर निद्रामा पुगेको देखिन्छ । देश बाढी पहिरो डुवानले आक्रान्त हुदा होस वा नागरिकले चार्ड पर्वमा कालोबजारीमा लुटिदा उनको भूमिका प्रभावकारी देखिएन । पछिलो समय विपत्तको उद्धारमा चुकेका उनको पदपनि बालबाल बचेको छ। कांग्रेस भित्रैपनि उनको चर्को आलोचना भएको छ ।

नम्वर ५ मेटमणी चौधरीसांसद, नेकपा एकिकृत समाजबादी

(एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतको दाबी पुग्ने र त्यो भारतकै भुमि रहेको विवादास्पद अभिव्यक्ति दिए । देशद्रोहको मुद्धा लाग्नु पर्ने चर्को विरोधका बीच पनि उनको पद जोगिएको छ। मेटमणीको भनाईलाई एमाले लगायतका अन्य दलले मुद्धा नबनाएपछि बेलगाम बोली हिडेकामेणमटी यो पटक जोगिएकाछन् । जबकी यसअघि समाजवादी पार्टीकी नेतृ सरिता गिरीको सांसद पद यही विषयले चैट भएको थियो ।

नम्वर ६ धनराज गुरुङ, उपसभापति, नेपाली कांग्रेस

ललितपुरको मितेरी सहकारीको रकम अपचलनको आरोप लागेका कांग्रेसका उप सभापति एवंम सांसद धनराज गुरुङपनि लगभग जोगिएका छन् ।श्रीमतीसंगनक्कली सम्वन्ध विच्छेद गरेर कानुनी रुपमा उम्किन खोजेका गुरुङ यो मामलामा नराम्ररी चुेकेकाछन् । उनकी पूर्व पत्निले १४ करोड बढि रकम अपचलन गरेर फरा

नम्वर–७ रवि लामिछाने, सभापति रास्वपा

रास्वपाका सभापति तथा पूर्व उप प्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहकारीको रकम गोर्खा मिडियामा लिएको र अपचलन गरेको भन्दै संसदिय छानविन समितिले कार्वाहीको सिफारिसमा परेकाछन् ।छानविन समितीको सिफारिसको आधारमा अशोज ७गते मध्यराति पक्राउ गर्ने तयारीका बीच सरकार पछि हटेको छ। सरकार रोकिए पनि रविको विरोध र आलोचना गर्न सहकारी पीडितले भने छोडेका छैनन् । गत शुक्रवार मुग्लीनमा भएको दोस्रो सार्वजनिक सुनुवाइमा उनी माथि सहकारी सम्वन्धि प्रश्न मात्र तेर्सिएन केही विरोधका आवाज पनि गुन्जीए । रविको सांसद पद जुनसुकै बेला जान सक्ने चर्चा अहिले पनि कायम छ ।

नम्वर–८ ऋषिकेश पोख्रेल, सभापति सार्वजनिक लेखा समिति

सार्वजनिक लेखा समितिका सभापति तथा सांसद ऋषिकेश पोखरेल पनि सहकारी विवादमा मुछिएकाछन् । उमागौरी कृषी सहकारीको रकम अपचलनमा सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाले करिब १४ करोड हिनामिना गरे संगै त्यसमा सांसद पोखरेलको संम्लग्नता रहेको तथ्य बाहिरीएको हो । एमालेकै सरकार भएकाले उनले पनि कारबाही भन्दा बढि ढाडस पाईरहेकाछन् ।
नम्वर १० वर्षमान पुन
माओवादीका सांसद तथा उप महासचिव वर्षमान पुन पनि सुन प्रकरणमा नाम जोडिएर पद जोगिएका एक भाग्यशालि नेता हुन । उनि संगै सुन प्रकरणमा नाम मुछिएका उनका समकक्षी कृष्ण बहादुर महराले हिरासत खेपे । तरसुन प्रकरणमा पुनमाथि कुनै छानविन भएन, उनको पनि खड्गो टरेको छ।