Breaking

आश्विन शुक्ल पक्षको द्वादशी: मान्यजनबाट टीका लगाउनेक्रम जारी


काठमाडौं । आज आश्विन शुक्ल पक्षको द्वादशी, मान्यजनको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गर्ने क्रम जारी छ ।

बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। देशका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने परम्परा छ ।

यसैबीच, दशैँ मनाउन काठमाडौँ उपत्यका छाडेकाहरू फर्किन थालेका छन् । यता यातायात अभावका कारण आशीर्वाद थाप्न टाढा टाढा रहेका आफन्तकोमा पुग्नु पर्नेहरूले भने सास्ती भोग्नु परेको सर्वसाधारणको गुनासो छ ।।