Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

बडादशैँको शुभ साइतमा टीका ग्रहण


काठमाडौं । नेपालीको महान चाड बडादशैंको मुख्यदिन आज विजयादशमी । बडादशैँको शुभ साइतमा टीका ग्रहण गरिएको छ । पञ्चांग निर्णायक समितिले तय गरेको बिहान ११ बजेर ३६मिनेटको उत्तम साइतमा अधिकांश सर्वसाधारणले मान्यजन र अग्रजको हातबाट टीका र जमरा लगाएकाछन् ।

आज दिनभर देवीको प्रसाद टिका जमरा लगाइने नेपाल पञ्चांग निर्णयक विकास समितिले जनाएको छ । विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिएको थियो । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ ।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् । आजबाट सुरू भएको टीका कोजाग्रज पूर्णिमासम्म लाउने प्रचलन रहेको छ ।