Breaking

आज बडा दशैंको मुख्यदिन, टिकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा


काठमाडौं । नेपालीको महान चाड बडा दशैंको मुख्यदिन आज विजयादशमी ।

आज विजया दशमीका दिन मान्यजन तथा अग्रजबाट शुभ साइतमा टिका र जमरा लगाई आर्सिवाद लिइन्छ । घटस्थापनाको दिन राखिएको जमरा देवि विर्सजन पछि प्रसादको रुपमा लगाइन्छ ।

यस वर्ष विजयादशमीको टिका लगाउने उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णयक विकास समितिले जनाएको छ । आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ ।

टिका लगाइ माग्नेले पूर्व फर्किएर लगाउनु पर्ने समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।