Breaking

यस बर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्थालाई


नोबेल समितिले सन् २०२४ को नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई दिने निर्णय गरेको छ ।


हिरोशिमा र नागासाकीमा पारमाणविक बम हमलापछि बाँचेकाहरूले सुरु गरेको संस्था हो यो । जसलाई स्थानीय भाषामा हिबाकुशा पनि भनिन्छ । आणविक हतियारमुक्त संसार बनाउने प्रयास र त्यस्ता हतियार फेरि कहिल्यै प्रयोग गर्न नहुने उनीहरूको अभियानका निम्ति शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ ।

दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ अमेरिकाले जापानमा आणविक बम प्रहार गरेको थियो । उक्त आक्रमणमा हिरोशिमा र नागासाकीका अनुमानित १२ लाख बासिन्दाको मृत्यु भएको थियो ।