देश

कान्छा आरोही निमा रिन्जी शेर्पाले आरोहण गरे ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल


काठमाडौँ— आरोही निमा रिन्जी शेर्पाले सानो उमेरमै विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गरी विश्व किर्तीमानी कायम गरेका छन् ।

१८ वर्षीय रिन्जीले आज बिहान चीनमा रहेको ८ हजार २७ मिटर अग्लो शिशापाङमा हिमालको आरोहणसँगै उनले १४ हिमालको सफल आरोहण गरी कान्छा आरोहीको पहिचान बनाएका हुन् । सन् २०२२ सेप्टेम्बरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका शेर्पाले मनास्लु ,माउन्ट मनासिउ, माउन्ट ल्होत्से, नाङ्गा पर्वत, माउन्ट गाशेरब्रम, माउन्ट गाशेरब्रम इल, माउन्ट ब्रोड शिखर, माउन्ट केटु, माउन्ट चो–ओयु, माउन्ट धौलागिरी सहितका हिमाल आरोहण गरेका छन् । उनी शेर्पा सेभेन समिट ट्रेक्स कम्पनीका प्रबन्ध निर्देशक तथा विश्व कीर्तिमानी आरोही टासी लाक्पा शेर्पाका छोरा हुन् ।