Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

लुम्बिनीका प्रदेश प्रमुखले फिर्ता गरे दुई विधेयक


काठमाडौँ— लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका छन् ।

प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै फिर्ता पठाएका हुन् । प्रदेश प्रमुख कार्यालयका सचिव वेद प्रसाद खरेलले विज्ञप्ति मार्फत दुबै विधेयक फिर्ता पठाइएको जानकारी गराएका छन् । विधेयकले आफूहरुमाथि अन्याय भएको भन्दै स्वास्थ्य सेवाका सातौं तहका कर्मचारीहरु आन्दोलनमा थिए ।