Uncategorized

रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते


काठमाडौँ – रामेछापमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मंगलबार साँझ खाँडादेवी गाँउपालिका–३ भीरपानीमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको हो।

दुर्घटनामा सिन्धुलीको सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षीया युनिषा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएकी किशोरीलाई उपचारका लागि सिन्धुलीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।