Breaking

अमेरिकामा आयो अर्को शक्तिशाली आँधी


काठमाडौँ – अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ नामको शक्तिशाली आँधीले आतंक फैलिएको छ।

फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ अघि बढिरहेको मिल्टन अझै शक्तिशाली बनेको र आज ९बुधबार० राति पूर्ण शक्तिका साथ जमिनमा बज्रिने अनुमान गरिएको छ।

बीबीसीका अनुसार अमेरिकी मौसमविद्हरूले पाँचौँ श्रेणीको शक्तिशाली आँधी भनेका छन्। स्थानीयले पनि यस्तो शक्तिशाली आँधी यसअघि कहिल्यै नआएको बताएका छन्।
सम्भवतः यो शताब्दीकै शक्तिशाली आँधी हुनसक्ने अनुमान गरिएको छ। यसको सबैभन्दा बढी प्रभाव फ्लोरिडामा पर्ने भएकाले त्यहाँ आपत्‌काल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ।