Breaking

रवि जोगिए, ओलीले बचाएपछि कांग्रेसको प्रतिष्ठामाथि प्रश्न


सहकारी ठगीमा अनुसन्धानका लाग भन्दै गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालन छविलाल जोशी दुई सातादेखि प्रहरी हिरासतमा छन् । तर, एकै प्रकृतिको कसुरमा अनुसन्धानको सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने हाइसञ्चो देखिन्छ । यो मुद्दामा पछिल्लो समय सरकार नै नरम भएको पो हो कि ? भन्ने आशंका पनि उब्जिएको छ ।

विपद्ले सहकारी अनुसन्धानको बाटो छेक्दा रास्वपा सभापति रवि लामिछानेलाई हाइसञ्चो भएको छ । सहकारी छानविन समितिले एकै घटना र अभियोगमा संगै नाम टासेर कारवाही सिफारिस गरेका छविलाल ओझको दसैं कारागारमै हुने भएको छ । अर्थात, छानविन समितिकै सिफारिसमा अनुसन्धानका लागि पक्राउ परेका जोशी १६ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । उही प्रकृतिको आरोपमा कारबाही सिफरिस भएका रविलाई भने क्लिन चिटको प्रचार गर्दै हिंड्ने थप समय मिलेको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकै चर्चा चलेपछि रविले कार्यकर्ता उतारेरै प्रतिकारको निर्देशन दिएका थिए । तर, राजनीतिक लेनदेनका कारण सरकारले अनुसन्धानमा ढिलाई गरेको आशंका हुन थालेको छ । किनभने ओली अमेरिकामै भएका समय रविले सामाजिक आफूलाई पक्राउ नगर्न चेतावनीको शैलीमा सञ्जालमार्फत प्रस्तुत भएका थिए । नेपाल फर्केरै बसेर कुरा मिलाउनुुपर्छसम्म भनेका रविले ओली भेट्न पाएका छैनन् ।

यसैकरण पनि उनीमाथिको अनुसन्धान र कारबाहीको थप प्रकृया अघि बढाउन प्रहरी र सरकार हच्किदा पहुचधारी र राजनीतिक व्यक्ति भएकैले उनले उन्मुक्ति पाईरहेकाछन् । यसकारण पनि प्रहरी अनुसन्धानको दायरामै नआएका रवि भने आफूलाई आफैंले ‘क्लिन चीट’ दिँदै हिँड्ने बाटो झनै फराकिलो बन्न थालेको छ ।

सरकार र अन्य राजनीतिक दललाई खुला चुनौती दिँदै रविले सहकारी ठगीमा कांग्रेस, एमाले र नेकपा माओवादीकै नेताहरु संलग्नता रहेको जिकिर गर्दै आएका छन् । रास्वपाले सहकारी पीडितका नाममा कांग्रेस र एमालेले रविमाथि निरन्तर अवरोध सिर्जना गरिरहेको आरोप लगाएको छ । यहीबीचमा तेस्रो ािर्वजनिक सुनुवाईकै क्रममा लामिछाने आफ्नै निर्वाचन क्षेत्रमा लखेटिन पुगे । असोज १९ गते चितवन पुगेका रविलाई सहकारी पीडितले लखेटेपछि प्रहरीको सहयोगमा भरतपुर हुँदै काठमाडौं पु¥याउनु परेको थियो । तर, रास्वपाले भने उनीहरु सहकारी पीडित नभई कांग्रेस–एमाले भएको आरोप लगाएको छ ।

आज नारा लगाउने जो कोही भए पनि उपनिर्वाचनसम्ममा चितवनका मतदाताले उनीप्रति देखाएको सदासयतामा कमी आउन थालेको स्पष्टै देखिएको छ । किनकी सहकारी ठगीमा रविको नाम नमुछिदासम्म तीनै कांग्रेस–एमालेका कार्यकर्ता समेत उनको विरोध गर्न १० पटक सोच्नुपर्ने अवस्था थियो । अहिले उनीहरुकै केन्द्रीय स्तरका नेताले रविमाथि ‘सहकारी ठगको ट्याग लगाइदिँदा उनलाई देख्ने बित्तिकै नाराबाजी गर्ने जोश पलाएको छ । यसले रविको क्लिन चिट अश्त्र पनि फेल हुँदै गएको देखिन्छ । अर्कोतर्फ माओवादी भने अहिले पनि रवि निर्दोष नै रहेको बताउँदै उसकै पक्षमा देखिएको छ । प्रधानमन्त्री हुँदा नै क्लिन चिट दिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पनि रविप्रति सदासयता नै राख्छन् ।

हुुन त सहकारी पीडितको रकम फिर्ता दिई उनीहरुलाई न्याय दिलाउन रविको पक्राउभन्दा बढी जीबी राईको नेपाल फिर्ती महत्वपूर्ण हो । तर, जीबी अहिले पनि फरार सूचीमा रहदा रविलाई थप राहत मिलेको देखिन्छ । सहकारी ठगीलाई राजनीतिक मुद्दा बनाइएकाले त्यसमा आफू निर्दोष देखिएको र गोर्खा मिडिायको दायीत्व देखाएर कारबाही गर्नुलाई सरकारले प्रतिषेध साधेको रुपमा अथ्र्याइरहेका हुन्छन् । तर, छविले हिरासतमै रविको खोजी गर्दा रविले पनि हिरासतमा जान झोला तयार पारेको बसेको बताएका थिए । तर, अनुसन्धानका लागि तयार रहेको बताउँदा र क्लिन चिट दिएर हिँड्दा पछि सरकारले प्रतिवेदन कार्यान्वयनमा ब्रेक लगाएको भान हुँदा सरकारले उनलाई फसाएको नभई छुट दिएको अर्थमा पनि हेर्न थालिएको छ । किनकी उनलाई जुन आरोप लागेको छ त्यही आरोपमा छपि हिरासतमा छन् भने त्यस्तै प्रकृतिको मुद्दामा राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध पक्राउ पूर्जी पनि रवि गृहमन्त्री भएकै समय गत बैशाख १८ गते भएको थियो । उही प्रकृतिको मुद्दामा आफू अनुसन्धानको दायरामा पर्दा रविले यसलाई अन्याय भनिरहेका छन् । तर, प्रतिवेदन कार्यान्वयनको पछिल्लो स्प्रिड हेर्दा भोलिको सम्भावित अंकगणितलाई समेत हेरेर सरकारले नै छुट दिन चाहेको चर्चा समेत हुन थालेको छ ।