Breaking

यी स्थानबाट बाहिरियो मनसुन


काठमाडौँ – नेपालका थप केही स्थानबाट यो वर्षको मनसुन बाहिरिएको छ । काठमाडौं उपत्यकालगायत स्थानबाट समेत मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

“आज मिति २०८१ असोज २२ का दिन यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागका साथै काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशको पश्चिमी भू–भाग र मधेस प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बहिर्गमन भएको छ, मंगलबार महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
महाशाखाका अनुसार, सुदूरपश्चिमसहित कर्णालीका धेरै र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका थोरै स्थानबाट यही असोज २० गते मनसुन बाहिरिएको थियो ।