खेलकुद

क्यानडाको हाइपर्फरमेन्स टिमसँगको तीन खेल नेपालले जित्यो


तीव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले तेस्रो अभ्यास खेलमा क्यानडाको हाइप्रोफोमेन्स टिमलाई १० रनले हराएको छ ।

योसँगै तीन खेलको अभ्यास सिरिज नेपालले २–१ ले जितेको छ । १८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४ दशमलव ५ ओभरमा १७७ रनमा अल आउट भयो ।

क्यानडाका अली नदिमले ११६ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ८५ रन बनाएका थिए । नेपालका करण केसीले ५५ रन खर्चेर ५ विकेट लिएका थिए । सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १–१ विकेट लिएका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८ दशमलव ३ ओभरमा १८७ रनमा अल आउट भएको थियो । नेपालका कुशल भुर्तेलले ७० बलमा ५ चौकासहित सर्वाधिक ५२ रन बनाएका थिए ।