Breaking

यस वर्षको हिउँदमा औसतभन्दा बढि गर्मी हुने पूर्वानुमान


काठमाडौं । यस वर्षको हिउँद औसतभन्दा न्यानो हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिउँद सरदरभन्दा बढी न्यानो हुने बताएको हो।विभागको ऋतुगत आकलनअनुसार यस वर्षको हिउँद याम अर्थात असोज १५ देखि पुस १६ गतेसम्मको अवधिमा वर्षा बढी हुने प्रक्षेपण गरिएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका दक्षिण—पूर्वी भू—भाग, लुम्बिनी प्रदेशका पूर्वी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएकोब छ।यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू—भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू—भागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपित छ।

बाँकी भू—भूभागमा भने सरदर वर्षा हुने सम्भावना रहेको छ।अक्टोबरदेखि डिसेम्बरसम्म तीन महिनाको अवधिमा नेपालमा सरदर ७४.३ मिलिलिटर वर्षा हुने गर्छ। गत वर्ष पनि पोस्ट मनसुनमा ७५.३ मिलिमिटर पानी परेको थियो ।