देश

तीन दिनभित्र काठमाडौंवासीको धारामा मेलम्चीको पानी आउने


काठमाडौं । मेलम्ची क्षेत्रका बाढी प्रभावित, हेलम्बु गाउँपालिका र खानेपानी मन्त्रालयबीच सहमति भएको छ ।

मेलम्ची बाढी प्रभावितले राख्दै आएका माघ केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरीसहमति भएको हो । मेलम्ची खानेपानीको मुख्य आयोजना तथा भेलबाढी प्रभावित हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मूल सडकहरू कालोपत्रेका लागि विशेष प्राथमिकतामा राखि आगामी आर्थिक वर्षको संघीय सरकार तथा प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने सहमति भएको छ।बाढीले बगाएका मेलम्चीको पुल, चनौटेको रातोपुल, कात्तिके, घट्टेखोला, हल्दे, तिम्बु, नाकोते, तालामाराङ भट्टार, गोरेखोला, सर्कथलीको पुल निर्माण गर्न सम्बन्धित निकायमा पहल गर्ने सहमति पनि भएको छ ।

सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ भने मेलम्चीको पानी आजदेखि काठमाडौंको सुन्दरीजल पथान्तरण गरिनेछ ।तीन दिनभित्र मेलम्चीको खानेपानी काठमाडौंबासीको धारामा झरिसक्ने भएको छ ।आन्दोलनरत मेलम्चीका संघर्ष समितिसँग वार्ता गर्न खानेपानीमन्त्री प्रदीप यादव सहितको टोली मेलम्ची पुगेको थियो ।