Breaking

चितवनमा चलेन रविको ‘क्लिन चिट’, लुकेरै काठमाडौं पसे


सहकारी ठगी प्रकरणमा संसदीय समितिले नै क्लिन चिट दिएको दाबी गर्ने रास्वपा सभापति रवि लामिछाने सहकारी पिडितबाट घेरिन थालेका छन् ।जसको शुरुवात पोखराबाट शुरु हुदाँ आफ्नै निर्वाचनक्षेत्रमा समेत उनको कार्यक्रम विथोलिएको छ । जसलाई आफूविरुद्ध पुराना दलको घेराबन्दीका रुपमा उनले अथ्र्याउदा कसरी उनी घेरिदै गएका छन् त ?

यो दृश्य हो रास्वपा सभापति रवि लामिछाने निर्वाचित भूमि चितवनको ।जहाँ लामिछानेले चितनवासीलाई भेट्ने भन्दै नारायणी कला मन्दिरमा आयोजना भएको कार्यक्रम सहकारी पिडितले विथोलेपछि लफडा भएको थियो । त्यसअघि सहारा सहकारीका पीडितहरू ब्यानरसहित नारा लगाउँदै मोटरसाइकल ¥याली गर्नेक्रममा नारायणगढको लायन्स चोकमा प्रहरीले बाटोमै रोकेको थियो ।त्यसपछि उनीहरुले रास्वपा सभापति लामिछानेविरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले सहकारी पीडित अब्दुल मियासहित चार जनालाई पक्राउ गरेको छ ।

जहाँ उनीहरुले आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने र लामिछानेलाई ज्ञापन पत्र बुझाउन खोजेपनि प्रहरीले हस्तक्षप गरेको आरोप पिडितहरुको छ । यता रास्वपाले भने सहकारी पीडितका नाममा कांग्रेस र एमालेले रविमाथि निरन्तर अवरोध सिर्जना गरिरहेको आरोप लगाएको छ । यद्यपि यसअघि शुक्रबार पनि मुग्लिङ बजारमा सहकारी पीडित संघर्ष समितिको ब्यानरमा केही व्यक्तिले विरोध गरेपछि रास्वपा समर्थक र उनीहरुबीच झडप भएको थियो ।

सहकारी ठगी प्रकरणमा संसदीय समितिले क्लिन चिट दिएको भन्दै पुराना दलले घेराबन्दी गरेको दाबी गर्ने रविको विरोध भएको यो नै पहिलो घटना भने हैन् । पुराना दलहरुले आफूलाई घेराबन्दी गरेको भन्दै उनी जतिसुकै उम्किन खोजेपनि उनी विरुद्ध पोखरामा पनि सहकारी पिडितले विरोध गरेका थिए । राजनीतिक यात्रामा उनको ओरालो यात्राको शुरुवात नै पोखरामा भएको खोया प्रहारबाट भदौ २५ मा उनलाई सहकारी पिडितले कालो झण्डा देखाएका थिए । रास्वपाको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न जाँदा यो अवस्था भोगेका उनले सहकारी पिडितहरुले गलत मान्छेलाई तार्गेट गरको प्रष्टिकरण दिन भ्याए । तर असोज ७ गते फेरि उनीहरुले रविविरुद्ध प्रदर्शन गरे ।

खासमा यो पटकको प्रदर्शन भने रवि पक्राउको हल्लासँग जोडिएको थियो । गोरखा मिडिमा आफ्ना साझेदार रहेका नम्बरी जोडी छवीलाल जोशी पक्राउपरेपछि असोज ६ गते लामिछाने पक्राउ पर्ने हल्ला चलेको थियो । फतल ः उनले आफ्ना कार्यकर्तालाई प्रतिरोध गर्न उक्साए भने त्यो रात अवेरसम्म घण्टी घरमै
विताएका थिए ।

उनकै निर्देशन मान्दै असोज ७ गते पोखरामा उनीमाथि सरकारले षडयन्त्र गर्न खोजेको भन्दै रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । जसको काउन्टर सहकारी पिडित सडकमा आए । शहीद चोकको चौतारीमा रास्वपाका कार्यकर्ता प्लेकार्ड लिएर बसेका बेला सहकारी पीडितहरू भने बैदामबाट त्यहीबाटो हुँदै जिल्ला प्रशासन कार्यालय गेट पुगेका थिए। पीडितहरूले रवि लामिछानेलाई पक्राउ गर, सहकारीको बचत फिर्ता गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएका थिए। यसले रविमाथि सहकारी पिडितको आक्रोश निरन्तर बढ्दै गएको प्रष्ट हुँदा आफ्नो ड्यामेज कन्ट्रोल गर्ने उनको प्रयास कमजोर बन्दै गएको छ ।

हुन त रास्वपा सभापति जोगाउन प्रष्टाउने भन्दा सहकारी पिडितलाई नै प्रायोजित भनिरहेको छ । यसले माहोल अझ रवि विरुद्ध बन्दा बारम्बार किन विरोध भईरहेको छ भन्ने बुझ्नै चाहिरहेका छैनन् । अर्थात आफू गृहमन्त्री हुँदा लामिछानेले सहकारी पीडितलाई न्याय दिलाउने वचन दिएपनि काम गर्न नसकेका उनी अहिले सत्तारुढ दलले फसाउन खोजेको आरोप लगाईरहेका छन् ।

यसले सहकारी पीडितहरु आक्रोशित बन्दा पुराना दलहरुले पनि यसलाई राजनीतिक प्रयोग गरिरहेका छन् । जसबाट बच्ने एकमात्र उपाय अरुलाई दोष लगाएर भन्दा प्रहरीले गर्ने अनुसन्धानमा सघाएर आफैलाई प्रमाणित गर्ने हो । तर कहिले गृहमन्त्री भएर छानविन नै प्रभावित पार्ने त कहिले भीड देखाएर राज्य थर्काउने उल्टो बाटो हिडेको उनी यहि कारण झनझन जेलिदै गएका छन् । जसले रविको घाडिमा रहेको गाँठो अझ कसिलो बन्दै गएको हो ।