यसैपनि सन्देहका दृष्टिले हेरिएकापूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणमा त्यहाँका राजाले दिएको सम्मानले अझबहसको विषय बनेको छ । उनकोभ्रमणबारे यतिबेला राजनीतिक र कूटनीतिक महत्त्वका साथै अनेक कोणबाट चर्चा–परिचर्चा शुरु भएको छ भने यसको सन्देशबारे आ–आफ्नै तर्क छन् । जहाँ राजावादी हौसिने र गणतन्त्रवादी तर्सिने अवस्था बन्दा यो किन अर्थपूर्ण छ त ?
दशैँको मुखमा पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणसकेर स्वदेश फर्के लगत्तै यसको विभिन्न कोणबाट चर्चा परिचर्चा शुरु भएको छ । यो चारदिने भ्रमणमा उनलाई भुटानले अघोषित राजकीय सम्मान नै दियो भने भुटानी राजा र ज्ञानेन्द्रबीच केही अर्थपूर्ण संवाद पनि भएको दाबी छ ।भुटानमा भारतीय संस्थापन हाबी छ भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकै भ्रमणपछि पूर्वराजा शाहले यो भ्रमण गर्दा भूराजनीतिक रुपमासमेत यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
जहाँ यो भ्रमणपछि ज्ञानेन्द्रको मुहारमा देखिएको क्रान्तिर राजावादीको हौसलाले पनि भ्रमण निजीतर उद्देश्य ‘राजनीतिक भएको बुझ्न सकिने अवस्था छ । हुन त भुटानका चौथो राजा जिग्मे सिंगे वाङचुक र ज्ञानेन्द्र सहपाठी समेत हुन् । कुनै समयदक्षिण एसियामा दुई ‘हिमाली अधिराज्य’का शासक रहेका दुबै जना अहिले सत्ताहिन छन् ।
यता वर्तमान राजा जिग्मेकेशर नाम्गेल वाङ्चुकको पनि नेपालसँगको सम्बन्ध राम्रो छ । नेपाललाई निकै श्रद्धा गर्ने उनको त जन्म नै काठमाडौंमा भएको हो। २०३६ साल फागुन ९ मा थापाथलीस्थित प्रसूती गृहमा जन्मेका उनले यो बारम्बार बताउनेसमेत गरेका छन् । यसले पूर्वराजा ज्ञानेन्द्रको भ्रमणलाई पारिवारिक रुपमा हेर्दासमेत अस्वभाविक भने छैन । तर एउटा विश्लेषण नेपालका राजनीतिक दल र सरकारप्रति जनस्तरबाटै असन्तुष्टि व्यक्त भइरहेका बेला विभिन्न शक्ति केन्द्रले ज्ञानेन्द्रलाई उपयोग गर्न खोजिरहेको छ । त्यस्तै प्रतिपक्षमा रहेका पुष्पकमल दाहाल प्रचण्डले पनि राजावादीसँग भेटघाट बढाउन देखाएको रुचिसँग समेत यसलाई जोडिएको छ ।
त्यस्तै छिमेकीसहित केही शक्ति केन्द्रहरूले पनि नेपालमा स्थायी शक्तिको आवश्यकता महसुस गर्न थालेको अर्को विश्लेषण हुँदा उनको भुटान भ्रमण र भारतीय इशाराको सम्बन्ध के हो भन्ने विषयसमेत यसमा जोडिएको छ । अर्कातर्फ पूर्वराजा ज्ञानेन्द्र स्वयम् पछिल्लो समय सक्रिय बन्दै गएको अवस्था छ भने राजनीतिक दल र नेतृत्वप्रति सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यहिकारण उनको गतिविधिले नै गणतन्त्रवादीकालागि टाउको दुखाईको विषय बन्दा राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु त दसैं र तिहारलगत्तै अहिलेको व्यवस्था र सरकार दुवै फाल्नुपर्नेबताउन थालिसकेका छन् ।
अहिले भारतमै पनि हिन्दुवादी दल कमजोर भएको छ भने त्यहाँपूर्वराजाप्रति सहानुभूति राख्ने ठूलो जनसंख्या छ । विशेषत हिन्दुधर्मका गुरु र बाबाहरु नेपालमा राजतन्त्रका पक्षमा देखिँदापूर्वराजा ज्ञानेन्द्रले पनि भारतको राजनीतिक र धार्मिक भ्रमण गर्दै आएका छन् । त्यसमा पनि उनलाई समर्थन गर्ने उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपालमासमेत हिन्दु धर्मको एजेण्डालाई समर्थन गर्छन्। उनलाई मोदीको उत्तराधिकारीकै रुपमा व्याख्या गरिँदा मोदी र ज्ञानेन्द्रको भुटान भ्रमण संयोग मात्र मान्न सकिने अवस्था छैन ।
त्यस्तै अहिले नेपालमा संविधान संशोधनको मुद्दा बहसमा हुँदा भारत धर्मनिरपेक्षता हटाउने बाटोमा रहेको विश्लेषण छ । पश्चिमा शक्ति र भारतको एजेण्डा यसैमा नमिल्दा संविधान जारी हुने बेला अवस्था पेचिलो बन्दा भारतले संविधानमा असन्तुष्टि नै जनाएको थियो । जुन उद्देश्य संशोधनका बेला पूरा गर्ने बाटोमा भारत रहेको विश्लेषण गरिँदापूर्वराजा ज्ञानेन्द्र त्यसैमा प्रयोग हुन सक्ने अवस्था रहेको केही विश्लेषकहरु बताउँछन् । नेपाली सेनाका पूर्व जर्नेल डा.केशरबहादुर भण्डारी पनि पश्चिमाहरुको बढ्दो प्रभाव कम गर्न पूर्वराजालाई प्रयोग गर्न सकिन्छ कि भन्ने खोजीमा रहेको तर्क गर्छन् । बाध्यतात्मक अवस्था नभई यो देशमा राजतन्त्र नफर्किने बताउँने उनी भारतले चाहे त्यो अवस्था असम्भव नरहेको बताउँछन् । यद्यपि भारतले पूर्वराजालाई प्रयोग मात्रै गर्न खोजेको तर्फ नै संकेत गर्ने उनी ज्ञानेन्द्रलाई पनि त्यो विषय थाहा भएको दाबी गर्छन् ।
हुन त अहिले हिन्दु राष्ट्र नै बनिसकेपछि त्यसले स्वतः राजा खोज्ने तर्क गर्नेहरु समेत छन् । यही कारण धर्मनिरपेक्षताबारे भारतको एजेण्डासँग एकहदसम्म ज्ञानेन्द्र सहमत भएको विश्लेषण गरिँदा प्रयोग हुनैपनि उनी तयार नहोलान् भन्न सकिँदैन । तर विगतमा समेत धोका पाएका उनी कतै विस्वस्त हुने आधार त खोजिरहेका छैनन् भन्ने चासो बढ्दा भारतको हालीमुहाली रहेको राजतन्त्रात्मक मुलुक भुटान भ्रमणमा यसले अर्को सन्देश थपेको हो । जसले राजावादी हौसिनु स्वभाविक देखिँदानागरिकले खोजेको व्यवस्थाको परिवर्तन कि नेताको शैली भन्ने बुझ्न जरुरी छ । अन्यथा तावाबाट उछिट्टिएर भुङग्रोमा परेको हालतमा देश नपुग्ला भन्न सकिँदैन ।
प्रतिक्रिया