Uncategorized

विधानसभामा राहुलले मोदीलाई उछिन्दै, मोदी जानै डराउने कश्मिरमा राहुल सफल


भारतको हरियाणा र जम्मु कश्मीरमा विधानसभाका लागि भएको चुनावको मतदान सम्पन्न भएको छ । विधानसभाको ९० सिटका लागि मतदान भएको हो । जम्मु कश्मीर र हरियाणामा भएको यो मतदानको नतिजा भने अक्टोबर ८ मा आउनेछ ।

भारतको हरियाणा र जम्मु कश्मीरमा विधानसभा चुनाव सम्पन्न भएको छ । चुनावी नतिजा भने अक्टोबर ८ मा आउने छ । नतिजा अक्टोबर ८ मा आउने भए पनि एक्जिट पोलको नतिजा भने आउन थालेका छन् । एक्जिट पोलका अनुसार जम्मु कश्मीरमा भाजपाले २७ देखि ३२ सिट जित्ने अनुमान छ । कांग्रेस र नेसनल कन्फ्रेन्स गठबन्धनले ४० देखि ४८ सिट जित्ने अनुमान छ । जहाँ पीडीपीले ६ देखि १२ सिट जित्ने सर्वोक्षणले देखाएको छ ।

अन्यलाई ६ देखि ११ सिट दिइएको छ । त्यस्तै हरियाणाको ९० सिटमध्ये कांग्रेसले ५० देखि ५८ सिट, भाजपाले २० देखि २८, जननायक जनता पार्टी अर्थात जेजेपीले २ र अन्यले १० देखि १४ सिट जित्ने अनुमान छ । एक्जिट पोलहरुले देखाएको नतिजा सही नहँुन पनि सक्छन् । यद्यपि यसले पूर्वानुमान गर्न सकिने भए पनि वास्तविक नतिजाका लागि अक्टोबर ८ नै कुर्नुपर्ने हुन्छ ।

यी क्षेत्रहरु भारतीय राजनीतिक दलका लागि अत्यन्त महत्वपूर्ण रहेका छन् । धेरै वर्षदेखि, जम्मु र कश्मीरको राजनीतिक परिदृश्यमा अब्दुल्ला र मुफ्ती परिवारको वर्चस्व कायम छ । जब कि यस क्षेत्रमा कमजोर रहेका भाजपा र कांग्रेस जस्ता राष्ट्रिय पार्टीहरूले पनि आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका छन् । जम्मु कश्मीरको चुनाव प्रधानमन्त्री नरेन्द्र मोदीका लागि चुनौती र अवसर दुवै हो । राष्ट्रिय एकता र सुरक्षातर्फको कदमको रूपमा चित्रण गर्ने भाजपाका लागि यो मुद्दा चर्चाको प्रमुख विषय बनेको छ ।

यता कांग्रेस र विशेष गरी राहुल गान्धीका लागि चुनावी नतिजाले पार्टीले गुमाएको मैदान फिर्ता गर्न सक्षम हुने छ कि छैन भन्ने महत्व राख्ने छ । जम्मु–कश्मीरमा परम्परागत रूपमा कांग्रेसको वर्चस्व छ तर पछिल्ला केही वर्षयता उसले आफ्नो उपस्थिति गुमाएको छ ।
यो चुनावबाट गुमाएको उक्त क्षेत्रमा फेरि आफ्नो पकट बनाउने अवसर कांग्रेसलाई छ । यसअघि भारत जोडो यात्रामा राहुल गान्धी कश्मीर पुगेर त्यहाँका जनतासंग साक्षात्कार गरेका थिए । यस्तै नेसनल कन्फरेन्स (एनसी) को नेतृत्व गर्ने अब्दुल्ला परिवारका लागि जम्मु–कश्मीर चुनावले उनीहरूको क्षेत्रीय प्रभावको परीक्षण गर्नेछ ।

अब्दुल्लाको नेतृत्वमा रहेको यो पार्टी दशकौंदेखि जम्मु कश्मीरको राजनीतिमा प्रमुख खेलाडी रहेको छ । यसरी एक्जिट पोललाई नै विश्वास गर्ने हो भने प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो स्थानमा देखिन्छ । झट्ट हेर्दा तेस्रो कार्याकाल भारतलाई नेतृत्व गरिरहेको भाजापा पार्टीको आसा जनताबाट गुम्दै गएको होकी भन्ने विश्लेषण हुन थालेको छ ।