Breaking

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त


काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त भउका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् ।

राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो । उनको आजै दिउँसो शपथको कार्यक्रम तय भएको जनाएको छ ।