देश

बाढीपहिरो अपडेटः मृत्यु हुनेको संख्या २४४ पुग्यो, काभ्रेमा मात्र ७२ जनाको मृत्यु


काठमाडौं । हालैकोबाढीपहिरामा परी मृत्यु हुनेको संख्या २४४ पुगेको छ । बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेमा ७२ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी अझै १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।

सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास भइरहेको उहाँले बताउनुभयो । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म १६० परिवारले सहायता रकम पाइसकेको तिवारीले जानकारी दिनुभयो ।