देश

विवादको चौघेरामा आईजीपी, प्रहरी बदनाम हुँदापनि चुप (भिडियो)


काठमाडौं । मन्त्रिपरिषद्ले २०७९ चैत १० गते गरेको निर्णयअनुसार नेपालप्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति भई नेपालप्रहरीको ३०औं प्रहरी महानिरीक्षक बनेका वसन्तबहादुर कुँवर विभिन्नचर्चा र विवादमा मुछिँदै आएका छन् ।

प्रहरी प्रशासन जस्तो स्वच्छ र निष्पक्ष सुरक्षा निकायका प्रमुख विभिन्न राजनीतिकदलको पक्षपोषणदेखि विवादित निर्णयहरुमा जोडिएको तथ्यहरु बाहिरिएका छन् । हालै आएको बाढी पहिरोले सिंगो देश नै आक्रान्तबनेका बेला प्रहरी प्रशासनको प्रभावकारी भूमिका नदेखिएको भन्दै जन गुनासो बढेको छ ।

प्रहरी महानिरीक्षक कुँवर ग्रीसको एथेन्समा आयोजित इन्टरनेसनल ड्रग्स इन्फोर्समेन्ट कन्फ्रेन्समा भागलिएर असोज १० गतै नै स्वदेशफर्किए पनि बाढीपहिरो प्रभावित क्षेत्रमाकहिँकतै उनी झुल्किएको देखिएन ।


विपद्को घडीमा सरकारले समेत प्रभावकारी सक्रियता देखाउन नसक्दा पीडित नागरिकका साथै प्रतिपक्षीदलहरुले प्रश्न उठाइरहेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्थातथा सुशासन समितिको मंगलबारको बैठकमा पूर्वगृहमन्त्रीएवं रास्वपा सभापति रवि लामिछानेले विपद्मा सरकार र प्रहरी प्रमुखकहाँ हुनुहुन्छ भनेर प्रश्नगर्न भ्याए।

यस्तै, गतभदौ १५ गते प्रेस चौतारीले पोखरामा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्ताएवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलेप्रहरी समायोजनमा आईजीपी कुँवरलेअसहयोग गरेको भन्दैजिब्रो थुत्नुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।

(बाँकी भिडियो सामाग्रीमा)