Breaking

आज मौसम: गण्डकी, लुम्बिनी र सुदूरपश्चिम हल्कादेखि मध्यम वर्षा


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान गण्डकी, लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । यसैबीच, महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।