खेलकुद

ललितपुरलाई पराजित गर्दै कर्णाली बन्यो महिला भलिबल लिगको च्याम्पियन


काठमाडौं । कर्णाली, एभरेस्ट वुमन्स भलिबल लिगको च्याम्पियन बनेको छ।

राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको फाइनल भिडन्तमा ललितपुरलाई ३–२ को सेटमा पराजित गर्दै कर्णाली च्याम्पियन बनेको हो। च्याम्पियन कर्णालीले नगद ७ लाख पुरस्कार पाएको छ ।आयोजकले फाइनलअघिसम्म पुरस्कार घोषणा गरेको थिएन । फाइनलपछि पुरस्कार वितरण समारोहमा आयोजकले विजेता कर्णालीलाई ट्रफीसहित ७ लाखको चेक प्रदान गरेको हो । यस्तै उपविजेता ललितपुरले नगद ३ लाख प्राप्त गरेको छ ।