Breaking

मेक्सिकन सेनाले गोली चलाएको गाडीमा ११ नेपाली, तीनजना घाइते


काठमाडौँ – मेक्सिकन सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली रहेको पुष्टि भएको छ । अमेरिकास्थित नेपाली दूतावासका अनुसार उक्त गाडीमा सवार ११ मध्ये तीन नेपाली घाइते भएका छन् ।

दूतावासका अनुसार घाइते तीन नेपालीको उपचार भइरहेको छ । उनीहरू सबै मेक्सिकोको अध्यागमन अधिकारीको नियन्त्रणमा छन् ।

“घटनामा कुनै पनि नेपालीको मृत्यु भएको छैन,” दूतावासले भनेको छ । यसअघि उक्त घटनामा एक नेपालीको गोली लागेर मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा समाचार आएका थिए ।

अबैधरूपमा अमेरिका छिर्न खोज्ने आप्रवासीहरू चढेको गाडी रोक्न आग्रह गर्दा भाग्न खोजेको भन्दै मेक्सिकन सेनाले गोली चलाएको थियो । जुन गाडीमा ११ जना नेपाली सवार थिए ।

दूतावासले मेक्सिकोका सरकारी अधिकारीहरुसँग सम्पर्कमा रहेको उल्लेख गरेको छ ।