समाचार

कालीमाटीमा घिरौँलाको मूल्य ११०, गोलभेँडाको १५०, अरु तकारीको कति ?


काठमाडौँ – फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडाा १५०, नेपाली सानो लोकल गोलभेँडा ९५, टनेलको सानो गोलभेँडा ११०, भारतीय सुकेको प्याज १२७, लोकल गाँजर १५५, तराईको गाँजर १३५, करेला ११५, घिरौँला ११०, कन्य च्याउ २२२, डल्ले च्याउ ४२६, कुरिलो ५७६, ब्रोकाउली १५३, स्कुस ३५, सेतो मुला ३०, भन्टा ७५ रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडाको मूल्य प्रतिकिलो १४५, सानो नेपाली गोलभेँडा ९५, टनेलको सानो गोलभेँडा ११५, रातो आलु ८२, भारतीय रातो आलु ५७, मुडेको आलु ७७, सुकेको भारतीय प्याज १२७, लोकल गाँजर १५५, तराईको गाँजर १३५, लोकल बन्दा ५५, तराईको बन्दा ४५, स्थानीय काउली ५५, रातो मुला ४५, सेतो मुला ३२ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी भन्टा ७५, तने बोडी १२५, करेला ११०, लौका ७९, परबल ९५, घिरौँला ११०, हरियो फर्सी ६५, भिन्डी ११०, स्कुस ४५, रायोको साग ११०, कन्य च्याउ १९०, डल्ले च्याउ ३८३, ब्रोकाउली १८५ रुपैयाँ प्रतिकिलो थियो।