Uncategorized

ओलीलाई आफ्नै मन्त्रीको हैरानी, अयोग्य लेखकको गृह जोगियो


विपदपछि सरकारको आलोचना बढ्दा सत्ता सहचारी दलहरु नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । विशेषतः यसलाई कांग्रेस मन्त्रीहरुको असफलताका रुपमा व्याख्या गरिँदा एमाले प्रश्नबाट जोगिन खोजेको छ । जहाँ अबएमाले र कांग्रेस दुबैपार्टीबाट मन्त्रीहरुको परीक्षा सुरु हुँदा सरकार कसरी पेलिँदै छ त ?

लगातार वर्षापछि उत्पन्न विपदमा सरकार एकपछि अर्को कदममा चुकेको छर्लङ भएपछि सत्तारुढ दल नै आरोप प्रत्यारोपमा व्यस्त छन् । सो समयमा कार्यबहाक प्रधामन्त्री र गृहमन्त्री नै नेपाली काँग्रेसको भएको भन्दै एमाले आफूमाथिको आरोप डाइभर्ट गर्ने बाटोमा देखिन्छ । प्रधानमन्त्रीका हिसाबले यो सबैको नैतिक दायित्व केपी शर्मा ओलीमाथि भएपनि उनीहरु कार्यवाहक सरकारको अकर्मण्यताको भाष्य निर्माण गरिरहेका छन् ।

विपदको पूर्वतयारी, उद्धारमा भएको कमजोरीमा समेत यी दुई दलको इगोकै परिणामका रुपमा हेरिँदा विदेश बसीबसी ओलीले सरकामाथि लगाएको लगामले उद्धारमा अलमल भएको खबर समेत बाहिरिएका छन् । यता गाली आफूले मात्र खानुपरेपछि उपप्रधान तथा शहरीविकास मन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई आफ्नो बचाउ गर्नै गाह्रो परिरहेको छ ।

त्यस्तै पार्टिभित्रैबाट समेत उनीहरु आलोचनामा पर्दा सत्तासहकार्यमा रहेका दलहरुबीचमै छद्म युद्धका रुपमा यो विकसित भइरहेको छ । जसले तत्कालिन आलोचनाबाट एमालेका मन्त्रीहरुले केही राहत पाएपछि अवस्था भने अझ जटिल बन्दै गएको छ । अर्थात पूर्वतयारी र उद्धारका विषयमा पार्टिगत रुपमा काँग्रेस पेलानमा पर्दा अब यो विषय एमाले कांग्रेसकै साझा बन्न पुगेको हो ।

अहिले दशैँ शुरु भइसकेको तथा ठूला चाडको सिजन शुरु हुँदा भत्किएका पूर्वाधारहरु तत्काल बनाउनुपर्ने दवावमा सरकार छ । त्यस्तै हवाई भाडावृद्धि नियन्त्रणदेखि हवाई यात्रामा बढेको चाप व्यवस्थापनजस्ता विषयमाआमनागरिकले सरकार भएको अनुभूति गर्ने आधार बन्दै गएका छन् । जहाँ पूर्वाधार तथा यातायात मन्त्री एमालेका देवेन्द्र दाहाल छन् भने संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री काँग्रेसका बन्द्री पाण्डे छन् । त्यस्तै चाडपर्वका अवसर पारेर कालोबजारी, मूल्यवृद्धि हुनसक्ने सम्भावना रहँदा राजमार्गमा पुगेको क्षतीले ढुवानी प्रभावित हुँदा यो जोखिम अझ बढेको छ ।

फलतः सरकारको अर्को उपस्थिती महँगी र मूल्यवृद्धि नियन्त्रणमा देखिने अवस्था रहँदा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री एमालेका दामोदर भण्डारी छन् । अर्कातर्फ घाइतेहरुको उचार र विपदप्रभावित क्षेत्रमा महामारी फैलन नदिने तयारीमा सरकार लाग्नुपर्दा स्वास्थ्य मन्त्रालयको जिम्मवारीमा काँग्रेसका प्रदीप पौडेल छन् ।यसले अबको परीक्षा पार्टिको भन्दा मन्त्रीको बन्दा दाहाल,पाण्डे,भण्डारी र पौडेल परीक्षणको घडीमा देखिन्छन् । यसले अर्को सहयात्रीलाई बच्ने बहानासमेत अन्त्य गर्दा विपक्षीले त ओली सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष नै निकालीसकेको छ ।

हुन त प्रधानमन्त्री कार्यकारी रहने नेपाल जस्तो मुलुकमा अहिले जसअपजसको भारी ओलीमाथि नै पर्छ । आफ्नै मन्त्री र राज्यसंयन्त्र काममा लगाउन नसक्ने अवस्थाले उनीमाथि नैतिक प्रश्न खडा गर्छ भने कांग्रेस चिढाएर अघि बढ्न सक्ने अवस्थामा उनी छैनन् । यही कारण अहिले एकअर्कालाई दोष देखाउने रणनीति नागरिकको प्रश्नलाई विषयान्तर गर्ने उपाय भएको पक्का हुँदा विपक्षीले तत्थ्यसहित पेल्न थालेपछि सरकार जवाफविहीन भएको छ । यता काँग्रेसले बढाँउदै लगेको दवावसमेत ओलीलाई सकस बन्न सक्ने छ । यसले सरकार कै अर्को परीक्षा शुरु भएको पक्का हुँदा चिढिएको काँग्रेस फकाउनै ओलीलाई सकस परिरहेको छ ।

प्रतिपक्षमा पुगेपनि माओवादीले देखाएको सक्रियताले समेत सत्ता पक्षको मन पोल्दा आफ्नै अभिव्यक्ति बाँझिएपछि अर्को समस्या देखिएको छ । यसले एकातिर टाल्दा अर्कोतिर भ्वाङ पर्ने अवस्थामा सरकार पुगेको छ भनेएकहप्ता भित्रमा त्योपनि देखिने काम गर्नुको विकल्प छैन । अर्थात अबपीडितलाई समयमै राहत वितरण होला? दसैँको मुखमा राजधानी काठमाडौंसहित कोशी र बागमती प्रदेशका सडकहरू पहिरोले पुरिएका छन् । यस्तोमा सरकारले द्रुत गतिमा सेवा सुचारु गर्ला ?भन्ने जस्ता प्रश्नको उत्तर सरकारले दिनुपर्ने अवस्था छ । जसको उत्तर गफमा नभई काममा दिननसके अरुलाई दोष लगाएकै भरमा छुट पाउने अवस्थामा एमाले–काँग्रेस नै रहने छैनन् । जसले एकले अर्कालाई दोषी करार गराएर आफू सफल हुने रणनीति दुबैका लागि भारी पर्ने पक्का छ ।