Breaking

दसैँको बजार, महँगीले आकाश छोयो, बार्गेनिङ गर्दैमा हैरानी


दशैँ लागेसँगै बजारमा किनमेल गर्नेहरूको चहलपहल बढ्दै गएको छ । तर, बजारमा न त सामान कित्रे ग्राहक सन्तुष्ट छन् न त बेच्नेहरू नै । दशैं सुरु भएसँगै कपडा, जुत्ता, चप्पल लगायत सामान कित्र बजार पुगेकाहरूले महङ्गीको मारमा परेको गुनासो गरेका छन्, भने व्यापारीहरू विगतको तुलनामा यसपटक व्यापार न्यून रहेको भन्दै निराश छन् ।

काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँका लागि किनमेल गर्न उपभोक्ताहरू बजारमा निस्कँदा बजारमा चहलपहल बढेको छ । उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरूको भिड बढेको हो । तर, हरेक वर्ष चाडपर्व आएसँगै बजारमा जुत्ता, चप्पल, कपडा लगायतका सामानको मूल्यमा हुने वृद्धिले भने सर्वसाधारण मार पर्ने गरेका छन् । बजारमा किनमेल गर्न पुगकाहरूले सोचेकोभन्दा निकै महँगो बजार रहेको अनुभव सुनाए । अन्य बजारमाभन्दा असनमा सस्तो पाउने भए पनि दशैंमा भने यहाँ पनि सामान्य समयको भन्दा बढी नै महङ्गो भएको उपभोक्ताको गुनासो छ ।

उपभोक्ताहरूले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरेका छन् । हरेक वर्ष चाडपर्व आएसँगै व्यापारीहरूको मनोमानी चल्ने भएकाले एउटै सामानको मूल्य पनि पसलैपिच्छे फरक फरक हुँदा आफूहरूले सास्ती खेप्नु परेको ग्राहकहरू बताउँछन् । व्यापारीहरूले पसलमा मूल्यसूची पनि नराख्दा उपभोक्ताहरू ठगिन बाध्य हुनु परेको छ । प्रत्येक सामानको मूल्य ट्याग नराख्दा व्यापारीसँग बार्गेनिङ गर्नु पर्ने बाध्यता आइपरेको ग्राहक बताउँछन् । मुलुकको प्रतिव्यक्ति आम्दानी कम हुँदै जाने तर हरेक वर्ष बजार मूल्य वृद्धि भइरहने अवस्था रहेको हुँदा सरकारले बजारलाई नियन्त्रण गर्न आवश्यक रहेको उपभोक्ताको सुझाव छ ।

यता बाढी पहिरोका कारण उत्तरी सीमा नाकालाई जोड्ने सडक तथा मुख्य राजमार्गहरु अवरुद्ध हुँदा चाडपर्वका लागि ऋण गरेर आयात गरिएका सामानसमेत अझै पसलसम्म आउन नसकेको व्यापारीहरू बताउँछन् । चाडबाडको सम्मुखमै निम्तिएको बाढी पहिरोले गर्दा व्यापार मन्द भएको व्यापारीहरूले बताएका छन् । नेपालीको मुख्य चाड दशैं सुरु भइसके पनि व्यापार नभएको व्यापारीको गुनासो छ ।

बजारमा ग्राहाकको भिड बढेको देखिए पनि विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको व्यापारीहरुको दाबी छ । कोभिडको समयमाभन्दा पनि अहिले २० देखि २५ प्रतिशत व्यापारमा कमी आएको उनीहरुको भनाइ छ । यद्यपि, गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको हुँदा उपभोक्ताको पहँुचभन्दा सामान महङ्गो भएको व्यापारी स्वयम् स्वीकार गर्छन् ।

बजारमा ग्राहक र व्यापारीको आ–आफ्नै गुनासो छ । उपभोक्ता सामान महङ्गिएर कित्रै नसक्ने अवस्थामा पुगेका छन् भने व्यापारीहरु व्यापार नै नभएको भन्दै निराश देखिएका छन् । बजारमा न त सामान कित्रे सन्तुष्ट छन् न त बेच्नेहरूले राम्रो आम्दानी गर्न सकेका छन् । सबैभन्दा धेरै अर्थतन्त्र चलायमान हुने समयमा नै कमी आएको छ । जसले बडादसैं जस्तो मुख्य चाडमा समेत नागरिकमा उत्साह देखिएको छैन भने अर्थतन्त्र चलायमान हुन नसक्दा सबै क्षेत्रको दशैँ उल्लासमय बन्न सकेको छैन ।।