Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

उदयपुर र खोटाङ जोड्ने फोक्सिङटार पुल व्यवसायीले फेरि आफ्नै खर्चमा बनाउनुपर्ने


काठमाडौँ – उदयपुर र खोटाङ जोड्ने फोक्सिङटार पुल निर्माण व्यवसायीको खर्चमै निर्माण गर्नुपर्ने भएको छ।

डेढ वर्षअघि निर्माण सकिएर गाडी गुडे पनि सडक डिभिजनमा हस्तान्तरण नभएकाले निर्माण व्यवसायीकै खर्चमा निर्माण गर्नुपर्ने भएको हो।

सगरमाथा राजमार्गअन्तर्गत उदयपुर र खोटाङ जोड्ने पुल गत शनिबार सुनकोशी नदीले बगाएको थियो। निर्माण कम्पनीले ठेक्का लागेको १३ वर्षमा पूरा गरे पनि हस्तान्तरण भने गरेको थिएन।

‘निर्माण कम्पनीले पुल हस्तान्तरण गरेको थिएन। अहिले एकतर्फी ठेक्का सम्झौता तोडिएको पत्र सडक विभागमा पठाएको छ’, सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख ललिजन खनालले भने, ‘कम्पनीले नै पुनस् बनाउनुपर्छ। उसले इन्स्योरेन्स दाबी गर्न पाउँछ।’

यसैबीच, कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई बिहीबार पुल बगाएको ठाउँमा पुगेका छन्।