Breaking

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो,२२ जना अझै बेपत्ता


काठमाडौँ— यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । १६९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।