Breaking

बाटो बन्द भएपछि हवाई टिकटमा ब्रम्हलुट, दोब्बर भाडादर


बाढीपहिरो र डुबानबाट अधिकांश राजमार्ग अवरुद्ध हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानको चाप बढेको छ । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप बढेसंगै हवाई सेवा कम्पनीहरुले चर्को शुल्कमा टिकट बिक्री गरेपछि चौतर्फी आलोचना भइरहेको छ । देशले भोग्नु परेको यो विषम परिस्थितिमा सरकारले नागरिकको पीडामा अभिभावकत्व निर्वाह गर्न नसकेको भन्दै जनआक्रोश बढिरहेको छ ।

देशमा अहिले लोकतन्त्र होइन लुटतन्त्र चलिरहेकोटिप्पणी भइरहेको छ । जब जब देशमा संकट आइलाग्छ तब व्यापारी, विचौलिया र दलालहरु असार साउनको जुका सरी जनता चुस्न सल्बलाउँने गरेका छन् । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण देशका मुख्य राजमार्गहरु अवरुद्ध हुँदा नागरिक हवाई मार्गको सहारा लिन बाध्य छन् । तर यही विषम परिस्थितिको फाइदा उठाउँदै नेपालका निजी हवाई सेवा कम्पनीहरुले ब्रम्हलुट मच्चाइरहेका छन् ।

सामान्य अवस्थामा नियमित उडानको भाडा दरभन्दा दोब्बररकम निजी हवाई कम्पनीहरुले असुली रहेको जनगुनासो बढिरहेको छ ।तर हवाई सेवा कम्पनीहरुलेभने वृद्धि भएको टिकट शुल्क दर पुरानै भएको ढोल पिटेरहप्तौँ दिनसम्मलाई टिकट बुक भइसकेकोबताएका छन् ।

सरकारले नियम अनुसार तोकेकै भाडाको मापदण्डमा रहेर टिकटको मूल्य बढाएको उनीहरुको दाबी छ । सामान्य अवस्थामा हवाई कम्पनीहरुले दिँदै आएको फेयर अर्थात छुटलाई हटाएर उनीहरुले सरकारले तोकेको मापदण्डअनुसार अधिकतम मूल्यलाई आधार देखाउँदै भाडा दर नबढेको उनीहरुको तर्क छ । भाडादर मंगिदासमेत नागरिकले भने हवाई टिकट नपाएको गुनासो गरेका छन् । दसैं तिहार मनाउन घर जाने तयारीमा रहेका नागरिकले टिकट नै नपाउने अवस्था बनेपछि आशा मरिसकेको उनीहरु बताउँछन् ।

सडक अवरुद्ध हुँदा यात्रुको चाप बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानले नयाँ रेकर्ड कायम गरेको छ । त्रिभुनव विमानस्थलबाट सोमबार एकै दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५ सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

उडानमा रेकर्ड कायम गरे पनि बढेको भाडादरले यात्रुको ढाड सेक्ने काम भएको छ । विपद रचार्डपर्वको समयमा व्यस्त देखिएका विमान कम्पनीहरुले नागरिकलाई केही सहुलियत दिनु सक्नु पथ्र्यो ।
तर यही मौकामा उनीहरु ब्रम्हलुट मच्चाउन उद्यत देखिनुदुर्भाग्य मान्नु पर्छ । यस्तो अवस्थामा सरकार, विशेष गरेर तालुकदार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलेनागरिकको पीडामा सहजीकरण र समन्वय गर्नु पर्ने हो । तर, जिम्मेवार मन्त्रीको यहाँ प्रभावकारी उपस्थिति देखिँदैन ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र यात्रुलाई तत्काल उद्धार गर्न निर्देशन दियो ।राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्नसमेत समितिले भनेको छ ।

वायुसेवा कम्पनीले अधिकतम सीमामा भाडा नलिने घोषणा गरे पनि यात्रुले राहत महसुस गर्ने गरी भाडा शुल्क घटेको छैन । विशेष गरी अहिले पनि काठमाडौंबाट अन्य जिल्लामा हुने उडानमा चर्को भाडादर लिइरहेको देखिन्छ । काठमाडौंबाट धनगढी जान बिहीबारसम्मका लागि टिकट पाउनै मुस्किल छ । शुक्रबारका लागि टिकट उपलब्ध भएपनिएक यात्रुले १७ हजार रुपैयाँसम्मभाडा तिर्नु पर्ने हुन्छ ।
त्यस्तै काठमाडौंबाट विराटनगरको हवाई भाडा ९ हजार ९०३ रुपैयाँ छ। काठमाडौंबाट भैरहवा जान शुक्रबारका लागि यति एयरलाइन्सले ८ हजार ५५५ रुपैयाँ भाडा तोकेको छ। त्यस्तै काठमाडौंबाट पोखरा जान बिहीबारका लागिश्री एयरलाइन्स र बुद्ध एयरले ५ हजार ९०० रुपैयाँ भाडा तोकेका छन्।हवाई कम्पनीहरुले पुरानै भाडादर कायम गरिएको भने पनि यात्रुले राहत महसुस गर्ने गरी भाडा घटाएका छैनन् ।
महंगो भाडादर मै पनि टिकट लिन जाँदा टिकटकाउन्टरले हप्तौँसम्मकालागि टिकट बुक भइसकेको जवाफ दिने गरेको छ । यात्रुले चापले टिकट नै पाउन नसकिने अवस्था बन्दै गएको छ । यसतर्फ अहिलेसम्म न त सरकारको ध्यान जान सकेको छ, न त कुनै सरोकारवाला निकायले नै देखेका छन् । यहाँ त स्रिफ यात्रुको चाप बढ्दा ‘मौकामा चौका हान्ने’ र लुटतन्त्र मच्चाउनेको रजगज चलिरहेको छ ।