देश

हवाई भाडादर घटाउन सरकारलाई आग्रह गर्ने कांग्रेसको निर्णय


काठमाडौँ — नेपाली कांग्रेस संसदीय दलले हवाई भाडादर घटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । आज नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठकले नागरिकलाई सुरक्षित घर पुराउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको कांग्रेस सांसद श्याम घिमिरेले जानकारी दिए । उनले भने,‘१० दिनसम्म नभेटिएका व्यक्तिका परिवारलाई राहत दिन अनुरोध गर्ने निर्णय भएको छ । प्राकृतिक विपदमा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन पनि अनुरोध गरिने छ ।’