Breaking

बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी


काठमाडौँ – यातायात व्यवसायीहरुले दशैंका लागि लामो दूरीको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन समस्या हुने भन्दै बुकिङ बन्द गर्ने तयारी भएको हो । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो वर्षाले बस सञ्चालन गर्न समस्या भएकाले आजै सरकारसँग छलफल गरेर बुकिङ बन्द गर्ने तयारी भएको उहाँको भनाइ छ ।

त्यसका लागि दिउँसो तीन बजे यातायात व्यवस्था विभागसँग उनीहरुले छलफल गर्दैछन् । काठमाडौं जोड्ने मख्य नागढुंगा क्षेत्रमा हिजादेखि सवारी आवागमन सुरु भए पनि गन्तब्यमा पुग्न सकेका छैनन् । हिजो साँझ काठमाडौंबाट हिंडका गाडी नागढुंगा कट्न नपाएको उहाँको भनाइ छ ।

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर,बाढीपहिरोले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।