Breaking

कोशी प्रदेशमा बुधबार र बिहीबार लगातार झरी पर्ने सम्भावना


काठमाडौँ – बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने भएको छ । यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिन्छ ।

वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ । कोशी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने सम्भावना छ ।

असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले जमिन कमजोर भएकाले अहिलेको मध्यम खालको वर्षाले फेरि पहिरो झर्ने सम्भावना भने रहन्छ । त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।