अन्तर्राष्ट्रिय

सी जिङपिङका विरोधी सधैँ किन गायब पार्छ चीन ? ज्याक मा जस्ता दर्जनौँ भूमिगतो


विश्व अर्थतन्त्रमा दोस्रो ठूलो शक्ति राष्ट्र चीन तानाशाही बन्दै गएको छ । आफूविरुद्ध बोल्नेको जिब्रो थुत्ने मात्रै होइन मान्छे नै गायब बनाउनेसम्मको हर्कत गरिहेको छ । यसरी हराउने धेरै जसो चीनको अर्थतन्त्रमा ठूलो योगदान गर्नेहरु नै छन् ।

चीनका राष्ट्रपति सी जिनपिङले पहिलो पटक २०१२ मा सत्ता हातमा लिएका थिए । अहिले उनको तेस्रो कार्यकाल चलिरहेको छ । यो अवधिमा चीन अधिनायकवादी शासनतर्फ अघि बढेको छ । साथै उनले असन्तुष्ट, आलोचक र प्रभावशाली अर्बपति, उद्योगपतिहरूमाथि लगाम कस्दै लगेका छन् । कस

ै–कसैले उनलाई कम्युनिस्ट क्रान्तिका नेता र चीनका पूर्व सत्तारुढ अध्यक्ष माओभन्दा बढी तानाशाही ठान्ने गरेका छन् । हुन पनि उनको कार्यकालमा अर्बपति र उद्योगपतिहरु बेपत्ता हुने क्रम जारी छ । सी जिनपिङको आलोचना गर्नेलाई त झनै कठोर सजाय दिने गरिएको समाचारहरु आउने गरेका छन् । सीको आलोचना गर्नेले कि त स्वर्गको टिकट काट्नु पर्छ, नत्र जेलको चिसो हावा खानुपर्ने बाध्यता हुन्छ । पछिल्लो समय सीको कारबाहीमा एक चिनियाँ अर्थशास्त्री परेका छन् । राष्ट्रपति सी चिनपिङलाई च्याट–ग्रुपमा आलोचना गरेपछि ५५ वर्षीय झु हेङपेङ केही महिनादेखि बेपत्ता छन् । हेङपेङले वि–च्याटको एउटा गोप्य समूहमा केही महिनाअघि चीनको अर्थतन्त्र र राष्ट्रपतिको कडा आलोचना गरेका थिए ।

उसै पनि नेतृत्वको आलोचना नरूचाइने कम्युनिस्ट नेतृत्वको चीनमा सीले सन् २०१२ मा शासन गर्न थालेपछि आफूविरुद्धको आलोचनामा निषेध नै गरेका छन् ।

चीनमा यसअघि पनि कैयौँ व्यापारीहरू कैयौँ दिनसम्म बेपत्ता भएका थिए । चीनका वारेन बफेट भनेर चिनिने फोसुन समूहका संस्थापक गुओ ग्वान्चाङ पनि बेपत्ता हुनेमध्ये एक हुन् । उनी सन् २०१५ मा कैयौँ दिन हराएका थिए । त्यसको दुई वर्षपछि सन् २०१७ मा हङकङको एउटा सुविधा सम्पन्न होटलबाट उनलाई नियन्त्रणमा लिइएको थियो । चीनका सबैभन्दा धनी मध्येका ती व्यापारी भ्रष्टाचारको आरोपमा जेल चलान भए ।

यस्तै सबैभन्दा चर्चित व्यवसायी बेपत्ता भएको घटनामध्ये अलिबाबाका संस्थापक ज्याक मालाई पनि त्यसैगरी बेपत्ता पारिएको छ । सन् २०२० को अन्त्यतिर नियामक निकायबारे आलोचनात्मक टिप्पणी गरेको केही समयपछि चीनका तत्कालीन धनाढ्य ज्याक मा तीन महिना सर्वसाधारणमाझ देखा परेका थिएनन् । ज्याक मा विगत तीन वर्षयता चीनमा देखा परेका छैनन् । उनी कहाँ छन् भन्ने प्रस्ट जानकारी नभए पनि उनी पछिल्ला महिनाहरूमा जापान, थाइल्यान्ड र अस्ट्रेलियामा देखा परेको विवरण छ ।

चीन सरकारले धनाढ्य व्यवसायीहरूमाथि हुने कानुनी कारबाहीलाई भ्रष्टाचारसँग जोडिएको बताउने गरेको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको देशमा हुने यस्ता गतिविधिहरूलाई केही दशकअघि मात्रै सुरु भएको अर्थतन्त्रको उदारीकरणसँग पनि जोडेर हेर्ने गरिन्छ । यो उदारीकरणले अर्बपतिहरूको समूह निर्माणको बाटो खोलिदिएको र जसले आफ्नो सम्पत्तिको बलमा चीनको शक्तिलाई नै चुनौती दिन सक्ने सम्भावना देखिएको चर्चा हुने गरेको छ । कतिपय जानकारहरूले राष्ट्रपति सी नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता शक्ति टिकाइ रहन चाहेका कारण रहस्यमयी ढङ्गले व्यवसायीहरू बेपत्ता पारेको हुनसक्ने बताउने गरेका छन् । कम्युनिस्ट शासन भएको देशमा यसरी मानिस हराउनु नियति जस्तै भएको छ । कम्युनिस्टकै सरकार भएको उत्तर कोरियाका शासक किमजोङ उन क्रुर देखिँदा सर्वत्र आलोचना खेपिरहेका छन् । अहिले चीनले धनाढ्य व्यापारीहरुमाथि गरिरहेको व्यवहारले एक दिन चीनले पनि यही नियति भोग्नुपर्ने विष्लेषण हुन थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा योहो