Breaking

बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता


काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ ।

सर्वोच्च अदालत प्रशासनकै प्रतिवेदनका आधारमा मुद्दा दायर भएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनका आधारमा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको भनेर घिमिरेले दिएको अभिव्यक्तिमा मुद्दा दायर भएको हो ।

घिमिरेले केही दिनअघि प्रधानन्यायाधीश श्रेष्ठले आर्थिक लेनदेन गरेर न्यायाधीश नियुक्तीको सिफारिश गरेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति दिएकै बेलामा पनि आफूलाई अवहेलना मुद्दा लगाएर थुन्न चूनौति दिएका हुन् । घिमिरेको उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको सर्वोच्च प्रशासनको ठहर छ ।