देश

अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा, दुई समूहबीच कुर्सी हानाहान


काठमाडौं । उमेर हदको विषयलाई लिएर नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ । काठमाडौंको कीर्तिपुरमा जारी २३ औं सम्मेलनमा दुइपक्षबीच कुर्सी हानाहान भउको हो ।

हिजो बसेको माओवादी पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेको थियो । तर, कार्यकर्ताले आज सम्मेलनस्थलमा हुलदंगा मच्चाएका छन् । प्रहरीले सामान्य बल प्रयोग समेत गरेको छ ।

अध्यक्षका आकांक्षी केशव रावलले पार्टी गुटहरूले विद्यार्थीमा गुटको उम्मेदवार टुङ्गो लाउन नसक्दा कीर्तिपुरमा असर देखिएको टिप्पणी गरेका छन् ।

उमेर हदको विरोध गर्दै अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष तुकमान महराले खुकुरी देखाएका थिए। उनी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन्।