Breaking

विपद्मा सरकारले प्रभावकारी काम गरेको छ: प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम गरेको बताएकाछन् । उनले कामै नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको बताएका छन् ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले आफू बाहिर हुँदा पनि घटनाबारे जानकारी लिएको भन्दै आवश्यक निर्देशन समेत दिएको बताए ।

उनले यस्तो संवेदनशील बेलामा सबै मिलेर नागरिकको पीडामा जुट्नुपर्ने पनि बताए । साथै उनले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताबाट नेपालले के फाइदा लियो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।