Breaking

देश विपद्मा फस्दा अमेरिकी डिनरमा ओली,काठमाडौँमै नागरिक मर्दा कहाँ थियो सरकार ?


पूर्वचेतावनीकाबीच बाढी पहिरोले अनपेक्षित वितण्डा मच्चाउँदा नेपालसरकार ‘रोम जल्दा रमाउने’ निरोकोनयाँ संस्करण बनेको छ । कमजोर पूर्वतयारी,उद्धारमा भएको ढिलाईले अहिले सबैभन्दा बढी प्रश्न सरकारमाथि नै छ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीविदेश सयरमा डिनरमा रमाइरहँदा नागरिकका लागि सरकार के हो भन्ने प्रश्नको समेत जवाफ मिलेको छ ।

मिति २०८१ भदौ ७ गते पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७भारतीय नागरिकको मृत्यु भयो । १६ जना घाइते भएको सो दुर्घटनामामेडिकल टिमसहित नेपाली सेनाको हेलिकप्टर पुग्यो । दुर्घटनास्थल मै पुगेर उद्धार र उपचार ग¥यो । यो तदारुकताको धेरैले प्रशंसा गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेकेन्द्रीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेलाई नेपाल नै पठाए । यसमा भारतले आफ्ना नागरिकप्रति देखाएको अपनत्व र नेपाल सरकारले उद्धारमा देखाएको दुई विषय दृश्यमा आए ।

तर त्यसको एक महिनापछि असोज १२ गते केन्द्रीय राजधानी काठमाडौं नजिकै ललितपुरको नखिपोटस्थित नख्खु खोलामा ४ नेपाली नागरिक बगे । लगातारको वर्षापछि उर्लिएको खोलाले घेरेपछि जस्तापाताको सानो छाप्रोको छानामा ३ घण्टाभन्दा बढी समय गुहार मागेका उनीहरुका लागि हेलिकप्टर आएन । बरु चणिकलाल तामाङ नामका युवाले जोखिम मोलेर दुईजना बचाउँदा अरु स्थानीयले थप १ जनाको उद्धार गरे । जहाँ गृहमन्त्री भने ती नागरिक बाचेको भन्ने विषयमा बेलुकासम्म अवगत नै थिएनन्

यो कुनै अनुमान नै नभएको विपद थिएन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विहीबार रातिदेखि ३ दिन भारीवर्षा हुने चेतावनी दिइसकेको थियो । तर शनिबारसम्मै सरकारलाई यसले छुएन । चेतावनीलाई बेवास्ता गरिरहेको सरकार मनसुनसँगै गर्नुपर्ने पूर्वतयारीमा मात्र चुकिरहेको थिएन किउद्धार कार्यमासमेत चुक्यो ।

अर्थात शनिबार बेहाल हुनुअघिसम्म आकस्मिक बैठक राख्न सरकारले आवश्यक नठान्दा पानी रोकिएपछि मात्रै कर्मकाण्डी बैठक बोलायो । यो बीचमा झ्याप्ले खोलामा आएको पहिरोले धादिङमा अलपत्र परेका सयाँैँ र विपी राजमार्गमा फसेका सोही संख्याका यात्रुको बेहाल सरकारले थाहा पाएन । सुरक्षा निकायले आफ्नो तहबाट हुनसक्ने जति गरेको प्रयास प्रसंशा योग्य भएपनि नेतृत्व तहले हिँडेरै काठमाडौं आइरहेका यात्रुहरु देखेन ।

अवरुद्धबाटोकै कारण एम्बुलेन्समै बिरामी मर्नु परेकोसमेत नदेखे÷नसुने झै गरेको सरकार बेलुकासम्म शवको संख्या गनेर आफ्नो काम देखाइरहेको थियो । यतिमात्र होइन, एउटै कार्यक्रममा भाग लिएर भारतीय प्रधानमन्त्री मोदी देश फर्किसक्दा अमेरिका सयरमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उतैबाट आइतबारदेखिवर्षा रोकिने भविष्यवाणी फेसबुकमा पोष्ट गरेरै लाज टारे ।

अर्थात संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने क्रममा जापानी प्रधानमन्त्री ३ दिन, भारतीय प्रधानमन्त्री ३ दिन, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले २ दिन खर्चिए । तर देश छोडेको ९ दिन भइसक्दा पनि देशमा भएको विपत्तिमा फर्किन आवश्यक नठानेका प्रधानमन्त्री ओली अमेरिकामाडिनरमै व्यस्त देखिए । जसलाई उनी हतारमा फर्केर क्षति कम नहुने तर्कले छोप्न सकिएपनि विपदको चेतावनीकाबीचसरकारले गरेको पूर्वतयारीको हालतबारे उठेको प्रश्नलेसमेत उनको बेप्रवाह चरित्रलाई उदाङ्गो पारेको छ । यता भएकाहरुले समेत यसमा सहयोग गर्नेभन्दा राजनीति गर्न भ्याउँदा नागरिकमा सरकारको उपस्थिति महसुस गराउन बनेको दाबी गर्ने दुई तिहाइको सरकारको हालत दुई दिनको वर्षाले देखाइदियो ।

अझ गज्जब त सर्वदलीय बैठकसमेत पहिले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बोलाएका थिए । लाजै भएपनि बल्ल सरकार यसमा अघि बढ्यो भने यसले ९ वटा निर्णय गर्न भ्यायो । जसमा उद्धार,पुनस्र्थापना र महामारी फैलनसक्ने भन्दै त्यसको पूर्वतयारीसम्मका विषय समेटिँदागृहमन्त्री लेखकले स्रोतसाधनको अभावका कारण विपदपछिको उद्धारमा कठिनाई भएको कर्मकाण्डी जवाफ दिएका थिए । जसले सरकारको सोच र तयारी पुनः एकपट प्रष्ट हुदाँ केन्द्रतर्फ औँलो ठड्याएर प्रदेश र स्थानीय सरकारले बहाना बनाइरहेको अर्को लज्जास्पद दृश्यसमेत विपदले बाहिर ल्याइदिएको छ । यसको जतिसुकै आलोचना गर्दापनि कम हुने अवस्थामा विपदबाट चेत्ने र सिक्नेतर्फ भने अझैपनि कसैको ध्यान गएको छैन ।