Breaking

प्राकृतिक विपद्का घटनामा अहिलेसम्म १४८ जनाको मृत्यु, ५५ अझै बेपत्ता


काठमाडौं । देशभर आएको बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परि अहिलेसम्म १४८ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म विपद्मा देशभर अझै १०१ जना घाइते भएको गृह मन्त्रालयले जनाएकोछ । ५५ जना अझै बेपत्ता रहेका छन् । सुरक्षाकर्मीबाट अहिलेसम्म ३ हजार ६६१ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सेनाको हेलिकप्टरबाट आज बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट जोखिममा परेको १९३ जनाको सकुशल गरिएको मन्त्रालयले जनाएकोछ ।

तीनदिन देखिको अविरल बर्षाका कारण देशभरका राजमार्गमा क्षति पुगेको र बाटो खुलाउन सुरक्षाकर्मी परिचालन गरीएको जनाएको छ ।