Breaking

झ्याप्लेखोलामा पहिरो अपडेटः मृत्यु हुनेको संख्या ३५ पुग्यो


काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

शनिबार साँझ झ्याप्ले खोलामा पहिरोमा पुरिएको गाडीको उत्खनन् सुरु भएको थियो । गयराति सुरक्षाकर्मीले १४ वटा शव निकालेका मध्ये ८ पुरुष र ६ महिला थिए ।

बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ख ४५७८ नम्बरको विंगरबाट हिजो १४ वटा शव निकालिएको थियो । यस्तै,आज थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले दिए ।

नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना२ख १३४५ नम्बरको माइक्रो बसबाट १६ वटा शव निकालिएकोमा १२ जना पुरुष र ४ जना महिला छन् ।

त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको ना४ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ । अहिलेसम्म जम्मा ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला रहेको प्रहरीले जनाएको छ ।

सबै शवहरु त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पोष्टमार्टमका लागि पठाइएको प्रहरीको भनाई छ ।