Breaking

बाढीले १८ बढी जलविद्युतमा क्षति पुग्दा १ अर्ब बढीको नोक्शानी


काठमाडांै । दुईदिन यताको अविरल वर्षाका कारण खोलातथा नदीमा आएको बाढीले निजी क्षेत्रका १८ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।


स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बाढीको कारण १८ बढी आयोजनामा क्षति पुगेको बताएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले इप्पानलाई प्राप्त जानकारीअनुसार १८ बढी आयोजनाहरुमा क्षति भएको बताए ।

विगतको भन्दा फरक र ठूलो बाढी आएको कारण पनि जलविद्युत आयोजनाहरुमा बढी क्षति भएको बताए । काठमाडौं उपत्यकाभित्रै धेरै जनधनको समेत क्षति भएको बताए । अहिलेसम्म १७ देखि १८ आयोजनाहरुमा क्षति भएको जानकारीमा आएको बताए । बाढीको कारण कुनै आयोजनामा धेरै क्षति नभए पनि आयोजना जाने पहँुच मार्ग बन्न ६ महिना लाग्नेगरी क्षति भएको उल्लेख छ ।

बाढीले मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको वागमती साना जलविद्युत आयोजना, २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना प्रभावित भएको छ । पाँचथरमा रहेको तल्लो हेवाखोला जलविद्युत आयोजना,साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति पुगेको छ ।

सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेको छ । फेमे खोला जलविद्युत आयोजना (१ मेगावाट) को बाँध र विद्युतगृह पूणर्रुपमा क्षति पुगेको छ । सिउरीखोला जलविद्युत आयोजना, सुपरन्यादी जलविद्युत आयोजना, इलेप खोला तातोपानी जलविद्युत आयोजना, माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना, हेवाखोला जलविद्युत आयोजना क्षति पुगेको छ ।