समाचार

सप्तकोशीले पुल नाघ्यो, राजमार्ग क्षतविक्षत, सुनकोशीका २ पुल बगे, गाउँ नै स्वाहा, सरकार रमिते !


काठमाडौँ— बिहीबारदेखिको अविरल वर्षाले देशभर वितण्डा मच्चाएको छ ।जसले मानवीयदेखिभौतिक संरचनामा ठूलो क्षतिका साथैविभिन्नराजमार्गमाभएको अवरोधले अन्तरजिल्ला सम्पर्क नै टुटेको छ । मौसमपूर्वानुमानमहाशाखाको चेतावनीकैबीचपूर्वतयारीमाबेवास्तागर्दा क्षतिअनपेक्षित बनेको हो ।जसको परिणाम स्वरुप देशभरमाबाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको छभने ४३जना बेपत्ता छन् ।

बिहीबारदेखिको निरन्तर वर्षाका कारण आएको पहिरोले काभ्रेको बल्थलीस्थितथुम्कीमापहिरोले गाउँ नै बगायो । पहिरोमा परेर ४ जनाबेपत्ताहुँदातेमालगाउँपालिका–७मादुई जनाको मृत्यु भयो । नजिकै सिन्धुपाल्चोकको लिसंखु पाखार गाउँपालिका– ३ मापहिरोले घर पुर्दा पूर्ववडाध्यक्ष दम्पतीको मृत्यु भयो । त्यस्तै काभ्रे र पाँचथरमापहिरोमापुरिएर चार जनाको मृत्यु भएको छभने धनकुटामा दुई जना बेपत्ताभए । मकवानपुरमा सञ्चालनगरिको आवासीयव्यवस्थासहितको प्रशिक्षण केन्द्रमा रहेका ६ बालकको शव भेटिएको छ । यो लगातारको वर्षाले देशमामच्चाएको वितण्डाको सानो उदाहरण मात्रै हो ।

शनिबार साँझ ६ बजेसम्म देशभरीविपदमा परीमृत्यु हुनेको सङ्ख्या ६२ पुगेको छ भने ४३ जना बेपत्ताछन् । हालसम्म घाइतेको सङ्ख्या ३६जना रहेको छ भने १ हजार ४५६जनाको सकुशल उद्धार गरिएको छ । अझै विवरणहरु आउने क्रम जारी रहँदायो संख्या निरन्तर बढ्दो छ । यताविद्युतप्रशारणलाइन, राजमार्गदेखि अन्यभौतिकसंरचनामापुगेको क्षतिअनपेक्षित छ । जहाँसुनकोसी नदीमाआएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्कीपुल बगाएपछि रामेछापको त अन्तरजिल्ला सडक सन्जाल नै टुटेको छ । योबाहेक बाढीपहिरोका कारण हिमालीतथा पहाडी क्षेत्रकाअधिकांश सडकखण्डमा यातायातआवागमनप्रभावितभएका छन् । जलतथामौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमानमहाशाखालेदिएको चेतावनीकाबीचपूर्वतयारीमाचुक्दा देशभर ठूलो क्षतिभएको छ । अर्थात पूर्वतयारीमाभएको ढिलाई र क्षतिको आकलनमा राज्यको ध्याननजाँदा देशले अनपेक्षितक्षतिव्यहोरेको हो । प्राप्तविवरणअनुसार २३ वटा राजमार्गका ६३ स्थानमाअवरोध भएका छन् भने काठमाडौँ उपत्यकाप्रवेश गर्ने सबै नाकाबन्द छन् ।

बाटो र पुलबगाएको स्थानमाबाहेक ठूलो पहिरो नभएका ठाउँमा यथाशीघ्र सडक खुलाउन सक्नेगरी तयारीमा सडक विभाग छ । तर निरन्तर पानी परिरहेको छ भने अधिकांश स्थानमा लेदोसहितको बाढीपहिरो आउने जोखिम रहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा समस्याभएको छ । त्यस्तै पुलजस्ता संरचनातत्कालनिर्माण गर्न सकिने अवस्था नरहँदा धेरै सडक तत्काल सन्चालनमाआउने अवस्था देखिँदैन । त्यस्तै विद्युतीय संरचनामापुगेको क्षतिले काठमाडौँ उपत्यकामा त लोडसेडिङकै अवस्था देखिएको छ । बाढीले काठमाडौँलाईविद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइनखिम्ती–लामासाँघु प्रसारण लाइनको ७ नं टावर तामाकोशीनदीले बगाएको छ । १३२ केभीको यो प्रसारण लाइनप्रभावित भएपछिकाठमाडौं उपत्यकामाविद्युतप्रभावित बनेको छ। यो लाइननबन्दासम्म काठमाडौँलाई बिजुलीअपुगहुनेछ। यसले गर्दा विभिन्न स्थानमापालो गरेर आपूर्ति गरिने नेपालविद्युत् प्राधिकरणले जनाएको छ।यताढल्केवर–पथलैया प्रसारण लाइनपनि अवरुद्ध भएको छ। यसले गर्दा ढल्केवर पश्चिममाबिजुलीआपूर्ति प्रभावितभएको छ।भारी बर्षाका कारण ३१ वर्षपछि कुलेखानी ड्यामखोल्नुपर्ने अवस्थाआउँदा सप्तकोशीदेखि गण्डक व्यारेजका सबै ढोका खोल्नुपर्ने अवस्थाआइपर्यो ।कोशीब्यारेजमा त पुलमाथिबाटै पानीबग्नथालेपछि पैदल हिँड्नसमेत रोक लगाइएको छ । तरपूर्वतयारीमा सरकारले गरेको बेवास्ताको उपजक्षतिअनपेक्षित नै बन्नपुगेको छ । अर्थातआवश्यकतयारी पुग्न सकेको भएभौतिक संरचनाजोगाउननसकेपनिमानवीयक्षतिकम गर्न सकिने प्रशस्तआधार रहँदायो विपददशैँअघिको दशाकै रुपमाआएको छ ।

बाढी पहिरोले ठूलो जनधनको क्षति पु¥याएपछि मनसुनपूर्वतयारी एवं प्रतिकार्य कमाण्ड पोस्ट र मन्त्रिपरिषदको आकस्मिक बैठक ढिला गरी बसेर उद्धार र घाइतेको निःशुल्कउपचार गर्न निर्देशनदिने बाहेक प्रभावकारी काममा सरकारको उपस्थितिनदेखिनु नागरिकप्रति सरकारको चासो कस्तो रहेछ भन्ने तथ्यउदांगिएको छ । देशकाअधिकांश सडक पहिरोले अवरुद्ध भएपछि तत्कालकालागिअहिले सञ्चालनभइरहेका सबै तहको परीक्षा स्थगन गर्ने निर्णय सरकारले गरेको छ । हुन त सरकारले विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागिमुलुकभर २० हजारभन्दा बढी प्रहरी परिचालनगर्यो । विपदबाट हुने क्षतिन्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्यउपचारमा सुरक्षाकर्मी सक्रियरूपमा परिचालनगरिँदा सेनाले हेलिकप्टरबाट समेत उद्धार कार्यलाई निरन्तरतादियो । जुनमौसममाआएको सुधारका कारण अब अझ प्रभावकारी हुने अवस्था रहँदाउपत्यकाकै धेरैस्थानमा उद्धारको आशमामानिसले ज्यानगुमाए । यसले विपदमासरकारको पूर्वतयारीको दृश्य बाहिर ल्याइदिँदा राजमार्ग प्रभावितहुँदासडकमै फसेका नागरिकको चित्कार र दुर्गम भेगका पीडित छायाँमा परेको दृश्यले सरकारमाथिप्रश्नउठेको छ । जसले नेपालको सन्दर्भमाविपदपूर्वतयारी सधैँ छेपारोको कथाहुँदै आएको भाष्यलाई बल पुर्याएको छ ।