Breaking

जिउँदै नागरिकलाई गृहमन्त्री लेखकले मारे !, ४ जना बगेपछि हेलिकप्टर फन्फनी, रमिता हेर्नेको घुइँचो


काठमाडौँ— तीन दिनदेखिको अविरल वर्षाले काठमाडौं उपत्यकामा वितण्डा मच्चाउनुका साथै जनजीवन नै अस्तव्यस्त बनाएको छ । सबैभन्दा सुरक्षित मानिने संघीय राजधानी सहर र राजधानीसँग जोडिएका जिल्लामा नै बाढी पीडितहरूले उद्धार पाउन नसक्दा राज्यको वास्तविकता उदाङ्गो भएको छ ।

देशको सङ्घीय राजधानी सहर काठमाडौैं । जहाँ स्थानीयबासीका साथै देशका हरेक कुनाकाप्चाबाट लाखौँ नागरिक रोजगारी, शिक्षा, स्वास्थ्य तथा विभिन्न कामको बाध्यताले बसोबास गर्दै आएका छन् । साथै राजधानीसँगै जोडिएका उपत्यकाका सुविधा सम्पत्र दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि उचित र सुरक्षित जीवनशैली बाच्न मानिसहरू बसोबास गर्ने गरेका छन् । तर, बिहीबार रातिदेखि परेको निरन्तरको झरीका कारण आएको बाढीले काठमाडौं उपत्यका नै असुरक्षित बन्यो । देशकै राजधानी राज्यका तीनवटै निकायको बेवास्तामा पर्दा काठमाडौं उपत्यका बत्तिमुनिको अँध्यारो जस्तो देखियो । एक घण्टादेखि उद्दारका लागि याचना गरिरहँदा पनि स्थानीय, प्रदेश र केन्द्र सरकारले चरम लापरबाही देखाउँदा ललितपुर महानगरपालिका वडा नम्बर १४ कान्तिपुर कोलोनी नजिकै सुगमबस्ती आपत्कालीन सेवा उपलब्ध नहुँदा दुर्गम बन्न पुग्यो । २ पुरुष, १ महिला र १ बच्चालाई नख्खु खोलाले हेर्दा हेर्दै बगायो । बाढीले बगाइसकेपछि नेपाली सेनाको हेलिकप्टर लिएर घटनास्थल पुगेको सरकारले मान्छेको प्राण गएपछि उपचारको तयारीमा जुट्ने प्रवृत्ति प्रदर्शन ग¥यो ।

बाढी पहिरोका कारण देशभरमा सबैभन्दा बढी जनधनको क्षति काठमाडौं उपत्यकामै भएको छ । भौतिक संरचनाको कुनै लेखाजोखा नै भएको छैन भने मानवीय क्षति पनि सबैभन्दा उच्च रहेको छ । शनिबार साँझसम्ममा उपत्यकामा मात्रै ३२ जनाले बाढी पहिरोका कारण ज्यान गुमाइसकेका छन् भने १२ जना बेपत्ता भएका छन् । जसमा काठमाडौंबाट एक जना बेपत्ता हुँदा ११ जनाले मृत्युवरण गर्नु परेको छ । त्यस्तै ललितपुरमा पनि १६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् । भक्तपुरमा ५ जनाको ज्यान गएको छ । काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुरमा २ जना घाइते भएका छन् । तर, देशकै राजधानीमा बाढीले तहसनसह पार्दा कानमा तेल हालेर सुतेको सरकार कुम्भकर्णको निद्रामा मस्त छ । देशमा बाढी पहिरोले वितण्डा मच्चाएर ठूलो जनधनको क्षति भइसकेपछि बल्ल शनिबार अपराह्नतिर गृहमन्त्री ब्युझिए । एसीवाला कोठामा बसेर चिया र बिस्कुटको स्वादमा भुलेका राज्य संयन्त्रले मुख बजाउने भन्दा अरु काम गरेको देखिएन ।

यदि काम गरेको हुने थियो भने सिंहदरबार नजिकै भएका स्थानमा उद्धार गर्न कुनै समस्या थिएन । बरु, शनिबार बिहान साढे १० बजे सिंहदरबारमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्ट बैठकमा गृहमन्त्री लेखकले नख्खु खोला छेउमा रहेकाहरुलाई बचाउन नसकिएको भन्दै गैह्रजिम्मेवारीपूर्ण अभिव्यक्ति दिए । जब कि बगाएका चार जनामध्ये तीन जनालाई स्थानीयले उद्धार गरेर अस्पताल पु¥याइसकेका थिए ।

राज साह, नख्खु खोलाबाट उद्धार गरिएका बाढी पीडित
निरन्तरको झरीका कारण काठमाडौँ उपत्यकाका नदी र खोलाहरूको जलसतह बढेसँगै विभिन्न क्षेत्र डुबानमा परे । कलङ्की, बल्खु, कुलेश्वर, च्यासल, कालिमाटी डुबानमा पार्दा काठमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुललाई बगाएको थियो । मनोहरा खोलामा पनि बाढी पस्दा चोभारमा बागमती नदीको बहाव उच्च देखिएको थियो । काठमाडौंलाई विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन खिम्ती–लामासाँघु ७ नम्बर टावर तामाकोशी नदीले बगाउँदा उपत्यकाका धेरै ठाउँमा विद्युत् आपूर्तिसमेत प्रभावित बनेको छ । यी तीन जिल्लामा कुल एक हजार ५३ जनालाई प्रहरीले उद्धार गरेको जनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा चार हजार ५१० जना प्रहरी खटिए । बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिए पनि पर्याप्त संख्यामा उपस्थिति देखिएन भने स्रोत साधनको अभावले प्रभावकारी रुपमा उद्धार कार्य हुन सकेन । बाढी र डुबानका कारण फसेकाहरुलाई उद्धार गर्न पुगेका सुरक्षाकर्मी आवश्यक उपकरण तथा स्रोत साधनको अभावमा मुकदर्शक बन्न बाध्य भए । यसले सरकारको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना कति फितलो रहेछ भन्ने पनि स्पष्ट पारिदिएको छ । यसका साथै काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सडकहरु पहिरोले अवरुद्ध हुँदा उपत्यकाका सबै नाका बन्द भएको छ । काठमाडौं महानगरपालिकाले पनि वर्षपछि सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरेको छ । नदी खोलानाला वरपर २० मिटर जग्गा खाली गर्नुपर्छ वा पर्दैन भत्रे बहसलाई तीन दिनदेखि परेको झरी र त्यसले ल्याएको वितण्डाले नै छर्लङ्ग पारिदिएको छ ।