अन्तर्राष्ट्रिय

हिजबुल्लाहलाई सखाप पार्दै इजरायल, एक सातामा ४ शीर्ष नेता मारिए, इरान पनि घेरियो


काठमाडौँ— इजरायल, हमास र हिजबुल्लाहको युद्धका कारण मध्यपूर्वमा थप त्रास पैदा भएको छ ।
केही दिनदेखि इजराइललेहिज्जबुल्लाहलाई लक्षित गर्दै आक्रमण जारी रहेको छ । साथै, पछिल्लो आक्रमणमा हिजबुल्लाहका दुई ठूला नेता मारिएको दाबी गरिएको छ ।

केही दिन देखि जारीइजरायल र हिज्जबुल्लाहबीचको द्धन्द्धथप चर्किएको छ । हिजबुल्लाहको कमाण्ड सेन्टरमा शुक्रबार र शनिबार थप हवाई आक्रमण भएपछि इजरायल र हिजबुल्लाहबीचको युद्ध थप चर्किएको हो ।युद्धमा सयौले ज्यान गुमाउदा हजारौ नागरिक विस्थापित भएकाछन् ।शुक्रबारकोआक्रमणमा हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएको दाबी गरिएको छ ।

इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्दा ठूला नेता मारिएको दाबी गरेको छ। तर हिजबुल्लाह स्रोतले एएफपी, रोयटर्स तथा लेबनान र इरानका स्थानीय मिडियालगायत विभिन्न समाचार एजेन्सीलाई नसरल्लाह जीवित र सुरक्षित रहेको जिकिर गरेको छ।

यद्यपी अहिलेसम्म न इजरायलले यो हमलाको निशाना नसरल्लाह भएको बताएको छ, न त हिजबुल्लाहले नसरल्लाहबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छ। तथापी भित्रभित्रै भुषको आँगो जस्तै फैलिएको यी दुई विचको युद्धले थप भयावह स्थिती आउन सक्ने संकेत गरेको छ। इजरायल हिजबुल्लाहा सक्न जुनसुकै कसर बाँकी नराख्ने मनस्थितीसहित युद्धमा छ। हिज्जुल्ला पनि बदलाको भावले युद्धमा होमिएकाले थप खतरा बढेको हो ।

आईडीएफले हिज्बुल्लाहको मुख्यालय सहरको दक्षिणमा रहेको दहियाहमा “आवासीय भवनहरू मुनि“ रहेको बताएको छ।जहा इजरायली सेनाले मुख्यालयमा ‘सटिक आक्रमण’ गरेको छ।इजरायली सेनाको आक्रमणपछि बेरुतमा धुवाँको मुस्लो देखिएको छ।इजरायली सेनाले लेबनानबाट प्रहार गरिएको रकेट पत्ता लगाएपछि शनिबार बिहान बेका उपत्यकामा लक्षीत गरेर आक्रमणजारी भएको थियो ।

नसरल्लाहको मृत्युले हिजबुल्लाहलाई मात्र नभई इरानलाई पनि ठूलो धक्का दिने विश्लेषण भइरहेको छ । रिभोलुसनरी गार्ड्सले सन् १९८२ मा उक्त समूहको स्थापना गरेको थियो।
इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले एक्ससंगको बयानमा भनेका छन् । इजराइली सेनाको आक्रमणमा नसरल्लाह मात्र नभइ हिजबुल्लाहका अर्का शिर्ष नेताअली कराकी पनि मारिएका छन् ।

त्यस्तै, इजरायलले गतसाता लेबनानको राजधानी बेरुतमा गरेको हवाई आक्रमणमा हेजबुल्लाहका शीर्ष सैन्य कमाण्डर इब्राहिम अकिलको ज्यान गएको थियो । स्थानीय अधिकारीहरूका अनुसार सोमबारदेखि लेबनानमा इजरायली हमलाहरूमा करिब ८ सय बढिको मृत्यु भएको छ।लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार मात्रै इजरायली हवाई आक्रमणमा परी कम्तीमा ९२ जनाको ज्यान गएको थियो । इजरायली सेनाको आक्रमणमा हालसम्म पाँच सयभन्दा धेरै हिजबुल्लाह लडाकुको मृत्यु भएको छ ।

हिजुबल्लाहाको आक्रमणमा परी ४८ जना इजरायलीको ज्यान गएको छ । त्यस्तै युद्धमा ९० हजारभन्दा बढी मानिस विस्थापित भइसकेका छन् ।यसअघि २००६ मा हेजबुल्लाह र इजरायलबीच एक महिनाभन्दा लामो समयसम्म चलेको लडाइँका क्रममा लेबनानमा ११ सय र इजरायलमा ११९ सैनिक तथा ४५ सर्वसाधारणले ज्यान गुमाएका थिए ।

पछिल्ला दिनमा गाजामा भएको युद्धले क्षेत्रीय द्वन्द्व निम्त्याउन सक्ने डर बढ्दै जाँदा हिजबुल्लाहले उत्तरी इजरायलमा सयौं रकेट प्रहारले अर्काे युद्धको त्रास थपेको छ । हिजबुल्लाहको सशस्त्र शाखाले लेबनानमा इजरायली र अमेरिकी सेनामाथि घातक हमला गरेको छ।पश्चिमी राष्ट्रहरू, इजरायल र खाडी अरब राष्ट्रहरूले आतंकवादी संगठनको रूपमा तोकेका छन्।विश्वका विभिन्न देशमा सल्किँदै गएको युद्धको आगोमा शक्ति राष्ट्रहरुकै सहयोगी भूमिकाले पनि युद्ध मत्थर हुनुभन्दा पनि झन चर्किंदै गएको छ । शक्ति राष्ट्रहरुले एकअर्कामाथि दबाब सिर्जना गर्न तथा आफ्नो शक्ति प्रदर्शनका निम्ति आफू निकटका देश तथा समूहलाई उक्साउने प्रवृत्तिले पनि युद्ध रोकिनु भन्दा पनि झनझन चर्किंदै आएको हो ।