Breaking

आज अपरान्ह साढे १२ बजेदेखि हवाइ उडान आंशिक सञ्चालनमा


काठमाडौँ— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह साढे १२ बजेबाट आन्तरिक उडान आंशिक सञ्‍चालनमा भएको छ ।

विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार साढे १२ बजेबाट आइएफआर उडान नियमअनुसार उड्न सक्ने जहाज र विमानस्थलहरुमा उडान खुला गरिएको छ ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझबाट सबै उडानमा रोक लगाएको थियो । आज भरतपुरबाहेकका विमानस्थलहरु खुला भएको र फाट्टफुट्ट उडान सुरु गरिएको निरौलाले जानकारी दिए ।

उनका अनुसार अहिले भैरहवा, विराटनगर, पोखरा, धनगढी, नेपालगन्जसहितका विमानस्थलमा उडान सुचारू गरिएको छ ।

अन्तर्राष्ट्रियतर्फ भने उडानहरु नरोकिएको उनले जानकारी दिए । ‘प्रतिकुल मौसमले केही उडानहरु डिले भएका छन्, तर ठप्प भएको अवस्था छैन,’ उनले भने ।