Breaking

मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा


काठमाडौँ – अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ।

सिस्नेरी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए।

बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुईवटा ढोका खोलिएका छन्।