Breaking

दशैँमा ड्रोनबाट निगरानी, काठमाडौंमा ३७ सय प्रहरी खटिँदै


नेपालीको महान चाड दशैँ, तिहार नजिकिएसँगैनेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा व्यवस्थाको तयारी थालेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरी चाडपर्व लक्षित सुरक्षाको तयारी र योजनाबारे जानकारी गराएको छ ।

दशैँमा खसी बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा गर्नउपत्यकाका १६ वटा स्थानमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमान्डमा प्रत्येक टोलीमा १० जना रहने गरी सुरक्षाकर्मी परिचालनको योजना सार्वजनिक गरेको हो ।एक रिपोर्ट

नेपालीहरुको महानचाडदशैँ,तिहार र छठ पर्व नजिकिएसंगैनागरिकको शान्ति सुरक्षाका साथै बजार अनुगमन र निगरानीमा सरकारी निकायहरुले पनि विशेष ध्यान दिँदै आएका छन् । चाडपर्वको मुखमा बजार तथा किनमेलमा पनि भिडभाड बढ्ने हँुदा यो समयमा ठगी तथा अपराधका घटनाहरुमा पनि बढ्ने देखिन्छ । चाडपर्वमा हुने यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीले हरेक वर्ष विशेष सुरक्षा योजनाका साथ काम गर्दै आइरहेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गर्दैदशैँ, तिहारलक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँमा खसी बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा गर्नउपत्यकाका १६ वटा स्थानमा (डीएसपी)को कमान्डमासुरक्षाकर्मी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयले जनाएको छ । डीएसपीको कमान्डमा खटिने प्रत्येक टोलीमा १० जना सुरक्षाकर्मी रहने छन् । कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु, गौशाला, चाबहिल, कोटेश्वर, हलचोकसहित १२ स्थानका टिकट काउन्टरमा पनि प्रहरीको निगरानी टोली परिचालन हुनेछ ।

यस्तै भिडभाड हुने स्थानमा प्रहरीले ड्रोनमार्फत निगरानी गर्ने जनाएको छ । चाडपर्वमा एटीएम बुथ, गहना पसल, टिकट काउन्टर, खसी बजार, शक्ति पीठ, बसपार्क लगायतका क्षेत्रमा हुन सक्ने गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले जानकारी दिए ।

काठमाडौं बाहिर जाने सवारी साधन छुट्ने स्थल र आर्थिक कारोबार हुने स्थानमा प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गर्ने गरी योजना तर्जुमा गरेको छ। प्रहरीले स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने ठाउँ, काठमाडौँमा खाली हुने घर, सरकारी कार्यालय र भिडभाड हुने बजारमा सुरक्षा गर्ने गरी सुरक्षा रणनीति तयार गरिएको एसएसपी रजौरेको भनाइ छ ।

उनका अनुसार बैङ्क तथा वित्तीय संस्थामा लुटपाट हुनसक्ने र पसलमा भिडभाड भएर किनबेचमा असुविधा हुनसक्ने आकलन गर्दै त्यस्ता ठाउँमा थप प्रहरी परिचालन गरिने छ ।दसैँ, तिहार र छठ पर्वको सुरक्षामा ३ हजार ७६५ जना प्रहरी परिचालन गर्ने योजना रहेको एसएसपी रजौरेले बताए ।

चाड पर्व मनाउन आफ्नो घर, गाउँ फर्किनेहरुको ठूलो भिड हुने भएकाले बसपार्क, टिकट काउन्टर,उपत्यकाबाट बाहिरिने नाका र किनमेलमा भिडभाड बढ्ने क्षेत्रमा विशेष सुरक्षाका तयारीहरु अपनाउनु पर्ने देखिन्छ । दशैँ–तिहार मनाउन यस वर्ष काठमाडौं उपत्यकाबाट करिब १८ लाख मानिस बाहिरिने आकलन गरिएको छ ।

जसले गर्दा काठमाडौंका घरहरु प्राय खाली हुने हुँदा चोरी डकैती बढ्ने भएकाले त्यस्ता घटना नियन्त्रणका लागि सुरक्षा निकाय सर्तक रहने प्रहरीले जनाएको छ । प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरे पनि कतिपय अवस्थामा प्रभावकारी कार्यान्वयन नहुँदा नागरिकले समस्या भोग्ने गरेका छन् । यसका लागि प्रहरीले थप चुस्तदुरुस्त योजनाका साथ काम गर्न झनै जरुरी छ ।